हात्तीको बथानले उखु बाली सखाप पारेपछि बेलडाँडीका किसान चिन्तित

378
VIEWS

बेलडाँडी, १६ कार्तिक । लामो समय देखि बेलडाँडीमा उखु खेती गर्दै आएका किसान राजेन्द्र सुनारको जंगली हात्तीले उखु खेतीमा क्षति पुर्याए पछि चिन्तित बनेका छन् । ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि बेलडाँडी गाउँपालिका–२ का किसान राजेन्द्र सुनार निकै चिन्तित भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बधानले उनको डेढ बिघा जग्गामा गरिएको उखुखेती मध्ये लगभग पाच कट्टाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ । “हात्तीले तयार हुनलागेको उखु खाइ तथा नोक्सान पुर्याइदिए पछि उनलाई ठुलो घाटा भएको छ ।”, उनले भने, “हात्ती तथा जंगली जनावरका कारण हामीले बषौं देखि घाटा व्यहोर्नुपरेको छ ।”

 

हात्तीको बथानले बारम्वार नोक्सान पुर्याउदा बन कार्यालय, स्थानीय सरकारलाई जानकारी गराउनदा समेत यी निकाय बाट कुनै सुनवाई नभएको दुखेसो गर्नु भयो । हात्ती भगाउन निकुञ्ज कार्यालयमा सढे गलेका दाउरा माग्दा समेत नदिने गरेको उनले बताए । दाउरा माग्दा नियम छैन भन्नेहरुले जंगली जनावरले बारम्वार किसानको बालीनाली नोक्सान गर्दा कुनै नियम नलाग्ने कस्तो कानुन भएको दुखेसो गरे ।

“हात्ती तथा जंगली जनावर नियन्त्रणका लागि पालिकाले र उपभोक्ता समितिले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रिए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्, अँध्यारो हँदा हात्ती उखुबारीमा पस्छन् ।”, “हात्ती उखुबारीमा पसेर नोक्सानी पुर्याउदा समेत नत वडा कार्यालयको ध्याना पुगेको छ त नत समितिले कुनै प्रक्रिया चालेको किसानको दुखेसो छ ।

यस्तै अर्का किसान राजेन्द्र भट्टले भने हामीलाई राज्यले विभेद गरेको बताए । यहाँ बादर देखि ठुला ठुला जनावरबाट दिनप्रतिदिन नोक्सानी सहनु परेको दुखेसो पोख्नु भयो । समितिले पनि किसानको बोलीनाली कसरी बचाउन सकिन्छ भन्ने योजना बनाएर अघि बढे हुने थियो तर यहाँ त्यसो नहुने गरेको बताए । बालीनाली नोक्सान नगरेको कुनै दिन नभएको उनले जनाए ।

यस्तै स्थानीय विकास बस्नेतले हात्ती भगाउनका लागि पालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उनले बताए । निकुञ्ज छेउकै बस्ती भएकाले हात्ती लगायतका जङगली जनावरबाट निकै पीडित रहेको उनले उल्लेख गरे ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार