काठमाडौं:
स्वास्थ्य सेवासँग सम्बन्धित सुविधाको उपलब्धतामा सुदूरपश्चिम प्रदेश सबैभन्दा पछाडि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको वार्षिक समीक्षामा प्रस्तुत ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ले उक्त अवस्था देखाएको छ ।
सुदूरपश्चिम बाहेक ६ प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालनमा छन्। कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालित छ। भने तर, सुदूरपश्चिममा अहिलेसम्म कुनै मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन।
बहुप्रतिक्षित गेटा मेडिकल कलेज समेत संघीय सरकारको अरुचिका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ।१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत ३ वटा ठूला अस्पताल सञ्चालित रहेका छन्।
सार्वजनिक अस्पताल सुदूरपश्चिममा जम्मा १८ वटा रहेका छन्। जबकि कर्णालीमा २८ र बागमतीमा ५४ रहेको तथ्यांकमा देखिएको छ।
कहाँ कति स्वास्थ्य संस्था
जनरल अस्पताल १०० देखि ३०० बेड
कोशी ११
मधेस १६
बागमती २६
गण्डकी ९
लुम्बिनी १२
कर्णाली ३
सुदूरपश्चिम २
शिक्षण अस्पताल
सुदूरपश्चिम ०
कर्णाली १
लुम्बिनी ६
गण्डकी ३
बागमती १३
मधेस ३
कोशी ३
सार्वजनिक अस्पताल
सुदूरपश्चिम १८
कर्णाली २८
लुम्बिनी २८
गण्डकी २३
बागमती ५४
मधेस १८
कोशी ४६
प्राथमिक स्वास्थ्य केन्द्र
कोशी ३३
मधेस ३२
बागमती ४०
गण्डकी २५
लुम्बिनी २९
कर्णाली १३
सुदूरपश्चिम १५
स्वास्थ्य चौकी
सुदूरपश्चिम ३७६
कर्णाली ३३२
लुम्बिनी ५६८
गण्डकी ४८७
बागमती ६४३
मधेस ७४०
कोशी ६३२
निजी अस्पताल
सुदूरपश्चिम ८२
कर्णाली ७५
गण्डकी १५७
बागमती १५३६
मधेस २५०
कोशी २१६
आधारभूत अस्पताल ९५ देखि १५ बेड
कोशी ८१
मधेस २७
बागमती ६३
गण्डकी १६
लुम्बिनी २५
कर्णाली १७
सुदूरपश्चिम १७
जनरल अस्पताल ९२५ देखि ५० बेड
कोशी ४१
मधेस ५५
बागमती ७९
गण्डकी ६६
लुम्बिनी ५७
कर्णाली १६
सुदूरपश्चिम १९
Discussion about this post