लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बेलौरी नगरपालिकाले गर्दै बेलडाँडी निद्रामै

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक (तदनुसार २०८० साल मंसिर ९ गते देखि २४ गते ) सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देश भर शुरु भएको छ ।

 

बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना र निड्स नेपाल, शान्ति पुनःस्थापना गृह तथा इन्सेकको समन्वयमा हिजो ९ गते देखि हिंसा न्युनिकरण सम्बन्धी विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गर्न थालेको छ ।

बेलौरी नगरपालिकाले छलफल, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि बेलौरी नगर पालिकाका सम्पूर्ण जनप्रतिनिधीहरु, कर्मचारीहरु, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बेलौरी, इलाका प्रहरी कार्यालय बेलौरी, सामुदायिक तथा संस्थागत विद्यालयहरु, सरकारी तथा गैर सरकारी कार्यालयहरु, महिला स्वास्थ्य स्वयंसेविका, महिला संजाल, आमा समूह, महिला समूह, नागरिक समाज, युवा क्लवहरु, संचारकर्मीहरु तथा सम्पूर्ण सरोकारवालाहरुमा नगरस्तरीय कार्यक्रममा अनिवार्य तथा वडास्तरीय कार्यक्रममा आ–आफ्नो पायक पर्ने स्थलमा उपस्थितिको लागि अनुरोध गरेको छ भने बेलडाँडीको महिला तथा बालबालिका शाखाले कार्यक्रम त गर्ने कहिले देखि गर्ने भन्ने विषयमा थाहाँ नभएको जनाएको छ । आर्थिक भए कार्यक्रम गर्ने आर्थिक नभए वास्ता नगर्ने प्रवृति बेलडाँडी विकासको बाधक बनेको छ ।

बेलौरी नगरपालिकाले आफ्नो कार्यक्रमको रुपरेखा यस्तो बनाएको छ :

१. मिति २०८०/०८/०९ गते शनिवार बेलौरी नगरपालिकाको कार्यलयमा व्यानर राखिने (महिला विकास शाखाको सहभागीतामा), २. १० गते आइतबार ११ः३० बजे बेलौरी नगरपालिकामा नगरस्तरीय औपचारिक कार्यक्रमका साथ कार्यक्रमको शुभारम्भ गरिने ।, ३. १२ मंगलबार १०ः३० बजे उद्घाटन तथा १ः३० बजे शिवनगर, बेलौरी नगरपालिका वडा नं. १०, ४. १३ गते स्थान ११ः०० बजे वडा कार्यलय, बेलौरी नगरपालिका वडा नं.९, ५.१४ गते बिहिबार ११ः०० बजे वडा कार्यलय, बेलौरी नगरपालिका वडा नं. ८, ६. १५ गते सुक्रबार ११ः०० बजे वडा कार्यलय, बेलौरी नगरपालिका वडा नं., ७. १८ गते बिहान ११ः०० बजे वडा कार्यलय, बेलौरी नगरपालिका वडा नं. ६, ८.१९ गते मंगलबार ११ः०० बजे बडा कार्यलय, बेलौरी नगरपालिका बडा नं. ५,९. २० गते स्थान ११ः०० बजे वडा कार्यलय, बेलौरी नगरपालिका वडा न ४, १०. २१ गते बिहिबार ११ः०० बजे वडा कार्यलय, बेलौरी नगरपालिका वडा नं. ३, ११. २२ गते सुक्रबार ११ः०० बजे वडा कार्यलय, बेलौरी नगरपालिका वडा नं. २, १२. २४ गते रात ११ः०० बजे दुर्गा आ.बि. मटया, बेलौरी गरपालिका वडा नं. १ मा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

 

पृष्ठभूमि

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप -CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको 32 वर्ष भइसकेको छ ।

महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।

यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी तीन दिदी बहिनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरू द्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी  नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।

साथै सन् १९९१ मा नै क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर यो दिवस “म हिंसा सहन्न,आफुपनि गर्दिन, र देखेमा प्रतिकार गर्छु” भनी सेतो रिवन अभियान संचालन गरेका थिए ।उक्त समयदेखि सेतोरिवनलाई लैंगिक हिंसा विरुद्ध प्रतिवद्धताको प्रतीकको रुपमा प्रयोग गर्दै आएको पाईन्छ ।

लिखित इतिहाँसलाइ नियाल्दा नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् । उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीय विभेद र चरम लैंगिक विभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जलसमाधि लिएकी थिईन् ।

१६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित