तीजको पुर्वसन्ध्यामा बेलडाँडीका दुई छुटाछुट्टै ठाउँमा तीज लाग्दै, तिज पर्वको महत्व र भित्रिएको आधुनिकता

19
VIEWS

बेलडाँडी,
महिलाहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा आज बेलडाँडी गाउँपालिकाको दुइ छुटाछुट्ै ठाउँमा तीज कार्यक्रम लाग्ने भएको छ ।
बेलडाँडी गाउँपालिका वडा नं.२ मा पर्ने नयाँ बसपार्कमा गाउँपालिकाको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम रहेको छ भने सोही वडाको मुटु चवन्नी बजारको खुल्ला मञ्चमा चवन्नी बजार व्यवस्थापन समितिको आयोजनामा बृहत तीज कार्यक्रम गरिन लागेको छ ।

गाउँपालिकाले बस पार्कमा तीज कार्यक्रम आयोजना नगरी चवन्नी बजारमा तीज कार्यक्रम आयोजना गर्नुपर्ने बताउदै चवन्नी वजार व्यवस्थापन समितिले चवन्नीमा कार्यक्रम गर्न लागेको जनाइएको छ ।
चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीका अनुसार चवन्नीको खुल्ला मञ्च बेलडाँडीकै केन्द्र भएकाले यहाँ गाउँपालिकालाई तीज लगाउनको लागि अनुरोध गरेको तर उनीहरुले आफु खुसी उतै यो कार्यक्रम गर्न लागेको जनाए । आफुहरुलाई यहाँका महिलाहरुको अपमान भए जस्तो लागेर चवन्नी वजार व्यवस्थापन समितिले सबैलाई समेट्ने गरी यहाँ आज र भोली २ दिन तीज लगाउन लागेको जनाए ।

बेलडाँडी गाउँपालिका उप प्रमुख शान्ती नाथका अनुसार पालिकाले शुभकामना आदानप्रदानका लागि पालिका नजिक बसपार्कमा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम गर्ने सबै अगुवा महिलाहरु संगको सल्लाहले यहाँ गरेका हौँ उनले भने । चवन्नीमा लाग्ने तीजमा गाउँपालिकाका तर्फबाट सहयोग गर्ने बताएकी छिन् ।

तिज पर्वको महत्व र भित्रिएको आधुनिकता

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । भनिन्छ, पार्वतीले महादेवलाई श्रीमानको रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेकी थिइन् अरे । १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने गर्दछन् ।

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्ने गर्दथे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे ।

सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व बनेको थियो जसको पर्खाइमा उनीहरू सधैं व्यग्र हुन्थे । तर अहिले तीजका नाममा गरगहना र महँगा सारीको प्रदर्शन बढ्दो छ । तीज आउनुभन्दा महिना दिन अघि देखि दर खाने भनेर पार्टी प्यालेस धाउने संस्कृतिको विकास पनि बढ्दो छ ।

तीज र ऋषिपञ्चमी महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिने गर्दछन् । आफ्ना पतीको दिर्घायु तथा परीवारजनको सुख समृद्धिको लागी व्रत बस्ने चलन पनि तिज पर्वको अर्को धार्मिक पाटो रहेको छ । तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको प्रति पुराना पुस्ताको चिन्ता पनि छ ।

हुदाखानेले हुनेखानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर–गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा ब्याप्त देखिन्छन । गर–गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तिज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउदै जानेमा पनि पुराना पिढिको तर्क रहेको छ । यसरी देखासिकीको रुपले बिकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्ब मनाउने भन्दा पनि कसरी छल्ने तर्फ चिन्तित बन्ने देखिन्छ ।

नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा वजारमा आएका गित नेपाली मौलिकता पन, नेपाली संस्कृति, भन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिडीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरु नेपाली मौलिकता पन नदेखिएको पुराना कलाकारहरुको भनाई छ । पछिल्लो समय हाम्रो समाज पुरानो शैली भन्दा फरक भएको पनि मौलिक संस्कृतिलाई मोड्न नहुने सबै समुदायको जोड छ ।

अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुख दिने जस्ता घट्ना अहिलेको समाजमा हट्दै गएकाले केहि परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँपन ल्याउन संस्कृतिलाई नै धरापमा लैजानू भएको प्रति धेरैको चिन्ता छ । तर बिगत केही वर्षहरू यता आधुनिकताको नाममा चाडलाई बिकृति बनाइदै छ ।

अहिलेको समाज परिर्वतनशिल छ । समाज परिर्वतनशिलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन् । संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफु अनुकुल परिभाषा आफु अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथी प्रश्न उठ्न थालेको छ ।

पहिले तिजको बेला बिभिन्न मन्दीर खेला मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन बिस्तारै इतिहास बन्न थालेको छ ।

अहिले तिजको दिन पनि यसरी जम्मा हुने प्रचलन पनि घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने गर्नुले पनि सबैको चाख चाडपर्व प्रति घट्न थालेको छ । पछिल्लो समयमा तिज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने साउन्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ ।

झण्डै एक महिना अघिबाट दर खाने प्रचलन एउटा तिज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको पाटो बन्न जान थालेको छ । तिज पर्वमा देखासिकी प्रतिस्पर्धा बढ्ने गरेको छ । पर्वलाई धर्म संस्कृति जोगाउनु भन्दा पछिल्लो पिढि देखासिखी तर्फ लागेको पुराना पुस्ताको चिन्ता छ ।

तीजको अर्को मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीतहरुमा पनि एउटा संस्कृति बोकेको छ । तर पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् ।

तीज भनेकोे गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने ठुलो अवसर हो । तर पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेदना भन्दा पनि फरक खालको संस्कृति भित्रिएको प्रति पुराना पुस्ताको चिन्ता छ ।

तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व को रुपमा लिइन्छ । विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराईघरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गित मार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि तीज हो ।

महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतिसंग समय बिताउने पर्वको रुप पनि हो । तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने गर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ ।

तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मैदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार