बेलडाँडीमा मानव-हात्ती द्धन्द्ध न्युनिकरणका प्रयासहरु सम्वन्धी समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
बुधवार बेलडाँडी वडा नं.२ मा रहेको कालिकिच उपभोक्ता समितिको हलमा हात्ती र मानव बिच हुने द्धन्द्ध कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा दक्षिणी क्षेत्रका तीन समितिका पदाधिकारी, जनप्रतिनीधी, बन संरक्षणकर्मी, नेपाली सेना, चोरी सिकारी नियन्त्रण उप समितिकाका पदाधिकारीहरु विच समिक्षा गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका नन्दलाल पाण्डेयले जानकारी गराउनु भयो ।
उहाँका अनुसार हात्ती गाउँमा पस्ने क्षेत्रमा द्धन्द्ध न्युनिकरणका विषयमा समिक्षा गोष्ठी गर्दै कार्यक्रम गरिरहेको बताए । बालीनाली पाकेको समयमा हात्ती बस्तीमा पस्ने भएकोले ती हात्तीबाट कसरी बच्ने र बालीनालीको संरक्षण कसरी गर्नसकिन्छ भन्ने विषमा नै छलफल भएको जनाए ।
कार्यक्रमको विषयबस्तुमा सहजिकरण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका साहयक संरक्षण अधिकृत मनोज ऐरले गर्नुहुदै मानव वन्यजन्तु द्धन्द्धको अवस्था तथा गरिएका न्यूनीकरणका प्रयासहरुका बारेमा प्रष्ट पारेका थिए । उनले भने ” देश भर ६७ जिल्लामा २६ किसिमका बन्यजन्तुले मानव बस्तीमा क्षति पुर्याउदै आएको जनाकारी गराउदै भने सबै भन्दा देश भरी हात्तीबाट बढी क्षति भएको जनाए ।” हाल सम्म हात्तीको आक्रमणबाट कञ्चनपुरमा ८ जनाले ज्यान गुमाइसकेका छन् ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरिचन्द्र रानाले भने “मानव र बन्यजन्तु विचको द्धन्द्ध न्युनिकरणका लागि पालिकाले निकुञ्ज कार्यालय संग हातेमालो गरेर अगाडी बढ्ने प्रविद्धता गर्दै आगामी आर्थिक बर्षबाट पालिकाको तर्फबाट समेत सरक्षणका लागि बजेट विनियोजन गर्ने बताउदै निकुञ्जका कारण यहाँका स्थानीयले धेरै दुःख पाएको जानकारी गराए ।” उने भने गाउँभित्र पसेको नदी आफ्नो आगनमा समेत माछा मार्न नदिएर निकुञ्जको नियम भन्दा बाहिरको नियम यहाँ लाद्ने गरेको सुन्नमा आएको बताए । दैजी बेलडाँडी सडक खण्डमा समयको लागेको सिण्डिकेट हट्नु पर्ने वहाँले माग गर्नु भयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवराज भट्टका अनुसार यस क्षेत्रको विकासका लागि यहाँकै नेताहरुले पहल गर्नुपर्ने धारणा व्यक्त गर्दै न्युनिकरणका विषयमा धेरै अन्तकृया,जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
यस्तै बागेश्वरी उपभोक्ता समितिका उपाध्यक्ष मोहनप्रसाद बडुले भने “बन्यजन्तुबाट अधिकांस ऐलानी जमिनको खेतीबालीमा क्षति हुने गरेको छ तर निकुञ्जको नियमानुसार उनीहरुले कुनै क्षतिपुर्ती नपाउने प्रावधान छ त्यसलाई सच्याएर क्षेतिपुर्ती सबैले पाउने हुनपर्नेमा जोड दिए ।”
यस्तै कालिकिच उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर थापाका अनुसार बन्यजन्तु बस्ती पस्न न्युनिकरणका लागि वडा नं.२ को सिमा क्षेत्रमा २० वटा सडक बत्ती वडाकार्यालय र समितिको सहयोगमा जडान गरेको बताए । ढाइकिलो मिटर मेसवायर गरेको जनाए ।
यस्तै वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टका अनुसार हात्ती भगाउनका लागि निकुञ्ज कार्यालयले दाउराको व्यवस्था, बस्ती किनारको जंगललाई सामुदायिक बनकारुमा परिणत गर्नुपर्ने धारण व्यक्त गरे । वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाका अनुसार यहाँ हात्ती लगायत चितुवाको समेत यहाँ धेरै विगविगी रहेको जनाउदै यी समस्या समाधानका लागि निकुञ्ज कार्यालयले पहल गर्नु पर्नेमा जोड दिए ।
Discussion about this post