कञ्चनपुरमा खोलादेखि विद्यालयकै छेउमा अवैध क्रसर उद्योग संचालन

कञ्चनपुर, पुष ४ । कञ्चनपुरमा खुलेयाम मापदण्ड विपरित क्रसर उद्योग संचालनमा रहेका छन । जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा रहेका छन ।

योजना आयोजनाका लागि भन्दै खोलिएका क्रसर उद्योग पनि बषौँ वितिसक्दा संचालनमै रहेका छन । योजनाको म्याद सकिएपछि योजना सम्पन्न गरेर वा नगरेर क्रसर उद्योग गैर कानुनी रुपमा संचालन गरेको भन्दै स्थानीयले बिरोध गरिरहेका छन ।

क्रसर उद्योग संचालनका लागि आवश्यक मापदण्ड मिचेरै क्रसर उद्योग संचालन भएपछि क्रसर उद्योग छेउछाउका स्थानीयले बिरोध गरिरहेका हुन । स्थानीयले मापदण्ड विपरित विगतका बन्द गरिएका क्रसर उद्योगपनि धमाधम खुलिरहेको र नयाँ क्रसर उद्योगपनि खुलिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

जिल्लाको पश्चिम क्षेत्र दोधाराचाँदनीदेखि पुर्व गुलरियासम्म ठाँउठाँउमा अवैध क्रसर संचालनमा रहेको भन्दै बन्द गराउन माग अघि सारेका छन । गत विगतका अनुगमन समितिबाट जिल्लाभरी स्थलगत रुपमा अनुगमन गर्दै मापदण्ड र गैर कानुनी रुपमा संचालन गरिएका क्रसर उद्योग पुन संचालन भएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले पुन अनुगमन गर्नुपर्ने माग अघि सारेका छन । उतिबेला अवैध गैर कानुनी भन्दै बन्द गरिएका अहिले के अधारमा खुलिरहेका छन भन्दै प्रशन गरिरहेका छन ।
गत विगतका बर्षहरुमा स्थानीय प्रशासनबाट अनुगमन गरेर केही अवैध क्रसर उद्योग बन्द गरिएपनि केही पुन संचालनमा आएपछि स्थानीय आश्चर्कित भएका छन ।

अवैध र मापदण्ड विपरित भनिएका क्रसर उद्योग पुन संचालनमा आएको भन्दै उनीहरुले कतै सेटिङ्ग गरेर त संचालनमा ल्याएको भन्दै सरकारी निकायप्रति आशंका गरेका छन ।

कञ्चनपुरका हुलाकी राजमार्ग प्रयोजनका लागि भन्दै खोलिएका दुई क्रसर उद्योग मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा छन । ०७३ फागुनमा ३० महिनामा सम्पन्न हुने गरी ठेक्का भएको हुलाकी राजमार्ग निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभीले न काम सकेका छन, न मापदण्ड अनुरुप क्रसर उद्योग संचालन गरेका छन ।

गत बर्ष जिल्ला अनुगमन समिति कञ्चनपुरले जिल्लाका तीन क्रसर उद्योग बन्द गराएको थियो । उक्त क्रसर उद्योग बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि अख्तियारका निर्देशन अनुरुप मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा रहेका तीनै उद्योग बन्द गराईएको थियो ।

अख्तियारका अनुसार दोधाराचाँदनी नगरपालिका ३मा रहेको बासुलिङ्ग कन्सक्ट्रन प्रालि, बेदकोट नगरपालिका ३ को बेदकोट निर्माण समाग्री केन्द्र र कृष्णपुर नगरपालिका ५ गुलरियामा रहेको महाकाली गौरब विल्डर्स क्रसर उद्योग विद्युत लाईन काटेर बन्द गराईएको थियो ।

यसका साथै तत्तकालिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो नेतृत्वको अनुगमन समितिले जिल्लाका क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

गृह मन्त्रालयले देशभरीका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धीत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए अनुरुप जिल्ला अनुगमन टोलीले कञ्चनपुरका दुई उद्योग बाहेक अन्य सबै क्रसर उद्योग अवैध र गैर कानुनी तरिकाले मापदण्ड मिचेर संचालनमा रहेको तथ्य पाएको सार्वजनिक गरेको थियो ।

तत्तकालिन प्रजिअ महतो नेतृत्वको अनुगमन टोलीले बेदकोट नगरपालिका ९ सुन्दरपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र बेदकोट नगरपालिका ८ भाँसीको जोशी क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग गैर कानुनी र मापदण्ड विपरित संचालनमा रहेको प्रतिवेदन गृहमन्त्रालमा पेश गरेको थियो । उक्त प्रतिवेदन कार्यान्वयन भए नभएको बारेमा समेत स्थानीयले प्रशासनसंग माग गरेको छ ।

क्रसर उद्योग संचालनका लागि वातावरण प्रभाव मुल्याङ्गकन (आईई) सहितका विभिन्न मापदण्ड रहेका छन । हाईटेन्सन लाईनबाट १ सय मिटर टाढा, राजमार्ग, खोला, पक्की पुलबाट ५ सय मिटर टाढा, चुरे र अन्र्तराष्ट्रिय सीमा बाट १ किलोमिटर टाढा, शिक्षा, स्वास्थ्य, सुरक्षा, वन, घनाबस्ती, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष, धार्मिक साँस्कृतिक पुरातात्विक महत्वका स्थानबाट २ किलोमिटर टाढा हुनुपर्ने र सम्बन्धीत स्थानीय तह, वन, कार्यालयबाट प्रमाणित हुनुपर्ने मापदण्ड तय भएपनि अधिकाँस क्रसर उद्योगले मापदण्ड मिचेर संचालन गरिहेका छन ।

तर, क्रसर उद्योगका केही संचालकहरुले योजनाका लागि स्वीकृत लिएर संचालन गरिरहेको दावि गर्दै आएका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले अवैध तथा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योगको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुखको संयोजत्वमा रहेको समिति मार्फत अनुगमन गरेर कार्बाही गरिने बताए ।

‘कुनै उजुरी वा त्यस्ता उद्योग गैर कानुनी रुपमा संचालन भएको पाईए, कार्बाही गछौँ, ‘प्रजिअ अधिकारीले भने, ‘गैर कानुनी कामकाज प्रशासनले समेत निरुत्साहित गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित