कञ्चनपुरका किसान उखु खेती र सुगर मिलका कारण समृद्ध बन्दै

बेलडाँडी, १६ पुस । कञ्चनपुरको माटो उखु खेतीको लागि उपयुक्त छ । माटो उपयुक्त भएका कारण यहाँ उखुको उत्पादन राम्रो हुन्छ । उत्पादन राम्रो हुनु भनेको प्रतिकठ्ठा क्षेत्रफलमा बढी तौलको उखु फल्नु र उखुमा चिनी वा मिठा (सखर)को मात्रा बढी हुनु हो ।

 

उखु रोप्ने बेला र उखु काट्ने बेलामा अत्यधिक श्रम आवश्यक पर्ने तथा अन्य समयमा उति धेरै श्रम गर्नु नपर्ने उखु खेतीको विशेषता हो । चिनी उद्योगलाई उखु बेचेर एकमुष्ठ नगद प्राप्त हुने तथा नगदले कुनै ठूलो व्यवहार चलाउन सजिलो हुने भएकोले कञ्चनपुरका किसानले मिल खुले पच्यात उखु खेती गर्ने गरेका छन् ।

 

तरकारी तथा अन्न बालीमा परिश्रम र लागत दुवै बढी हुने तर उखु खेतीको तुलनामा किसानलाई आय आर्जन कम हुने भएकाले पनि किसानको आकर्षण उखु खेतीतर्फ छ ।

किसानले खेतमा उत्पादन गरिसकेको उखुलाई समयमै कतै बेच्न पाएनन् भने खेती नै नष्ट हुने र सम्पूर्ण लागतका साथै किसानको एक वर्षको समय खेर जाने भएकोले यो संवेदनशील खेती पनि हो । किसानले उत्पादन गरेको उखु समयमा बेच्नैपर्ने बाध्यता भएका कारण चिनी मिलहरुले एकै पटक धेरै परिणामा किन्नुपर्ने बाध्यता पनि छ ।

 

उखु खेतीले किसान समृद्ध हुने भएकाले सरकारले समेत यस खेतीको व्यवस्थापनको लागि उचित कदम चाल्नुपर्ने देखिन्छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर मिल र पुनर्वास नगरपालिका–२ दशरथ वस्तीमा रहेको भागेश्वर सुगर मिलका कारण कञ्चनपुर कैलालीका किसान समृद्ध बन्दै गएका छन् ।

 

२०६७ साल देखि किसानको जिवन माथी उकास्नको लागि बेलौरी १० शिवनगरमा खुलेको महाकाली सुगर मिलले ७÷८ हजार विघाका किसानलाई प्रत्यक्ष लाभाम्वित पुर्याएको छ भने मिल संचालनका क्रममा ५सय जना मजदुर कार्यरत हुने मिलले जनाएको छ । यस्तै पुनर्वासन २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगर मिल।

 

मिलका कारण हजारौले रोजगार पाएका छन् । एक बर्षमा यी उद्योगहरुले ५० लाख क्वीन्टल भन्दा बढी उखु पेल्ने गरेका छन् । किसान र मिललाई फाइदा अर्ली जतका उखु जस्तै ०२३८, ०११८, ०८७२ लगायतका उखु खेती गरे राम्रो हुने जनाईएको छ ।

किसानलाई फाइदा हुने उद्योग तथा मिलकोहरुको संरक्षण प्रवद्धन गर्नु सबैको दायित्व रहन जान्छ । मिलका कारण उखु किसान मात्र समृद्ध नभइ राज्यलाई पनि राम्रो आयश्रोत संकलन भएको छ । उद्योगहरुलाई जिवित राख्न राज्यको समेत नियमन हुन जरुरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित