जंगली जनावरले बेलडाँडीका किसान हैरान, पिडित किसानलाई भेट्न पुगे एकाविहानै पालिका प्रमुख राना

बेलडाँडी, २ माघ । कञ्चनपुरको बेलडाँडीमा जंगली जनावरको आतंकले हैरान भएका निकुञ्ज किनारका किसानको समस्या बुझ्न एकाबिहानै पालिका प्रमुख हरिशचन्द्र राना सहितको टोलिले पिडित किसानहरुसंग भेटघाट गरेका छन् ।

बेलडाँडी गाउँपालिका निकुञ्ज किनार तथा सामुदायिक बन संगजोडिएका किसान बर्षेनी जंगली जनावारका कारण पिडित बन्दै गएका छन् । जंगली जनावरले बारम्वार पुर्याउनुे क्षतिको बिषयमा बुझ्न पालिका प्रमुख राना, वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल, बेलडाँडी रेन्जर पोष्टका प्रमुख पुरनदेव मिश्र, समाजसेवी जय बहादुर कुँवर सहितको टोलीले हिजो राती मात्र गैंडाले अन्नबालीमा पुर्याएको क्षतिको अनुगमन गरि तत्काल बस्ती पस्न रोक्ने उपायका बिषयमा छलफल गरेका छन् ।


पालिका प्रमुख रानाले बर्षेनी जंगली जनावरका कारण किसानले भोग्नु परेको समस्याका बारेमा आफुले बारम्वार संम्वन्धित निकायमा पुर्याउने गरेको र तत्काल केहि समस्या समाधनको लागि बक्तीको व्यवस्थापन गरिदिने बचन दिएका छन् । सडक बक्तीले समेत केहिहद सम्म जंगली जनावर बस्ती पस्ने र बालीनाली खाने समस्या कम हुने बताए ।

हात्ती गैडाले मानिसमाथि आक्रमणदेखि भौतिक संरचना नष्ट र अन्नबाली तहसनहस पु¥याउँदै आएको छ भने अर्को तर्फ अन्य तथा साना जनावरका कारण पनि समस्या विकराल बन्दै गएको छ ।

१६ सय १० वर्गकिलोमिटरमा फैलिएको कञ्चनपुरको भूगोल ५५ प्रतिशत अर्थात् आठ सय ८५ वर्गकिलोमिटर वन क्षेत्र रहेको छ । जसमध्ये शुक्लाफाँटा राष्ट्रिय वन्यजन्तु निकुञ्ज मात्रै तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको र बाँकी लालझाडी मोहना, चुरे, सामुदायिक वन रहेको छ ।

जिल्लाका नौवटै पालिका निकुञ्ज, वन, चुरे वन, लालझाडी मोहना संरक्षित वन एवं सामदायिक वन क्षेत्रसँग फैलिएका छन् । कुल ३८ प्रतिशत अर्थात् झन्डै ६ सय वर्गकिलोमिटर जमिन खेतीयोग्य छ ।

आधाजति खेतीयोग्य जमिन कुनै न कुनै वनजंगल क्षेत्रसँग जोडिएको छ । हरेक सिजनमा वनक्षेत्रसँगै जोडिएका खेतबारीमा जंगली जनावरको आतंक कायमै छ । किसानलाई एकातिर ठूला जनावरमा ज्यान जोगाउन समस्या छ, भने अर्कातिर साना जनावरबाट अन्नबाली (खेती) जोगाउन मुस्किल परेको छ ।

शुक्लाफाँटा, लालझाडी, सामुदायिक, चुरेसहितका वनबाट कुनै पनि वेला खेतमा पस्ने जनावरले अन्नबाली नष्ट गरिदिन थालेपछि किसान हैरान मात्रै होइन आफ्नो बारी हुँदासमेत खरिद गरेर खान बाध्य भएका छन् ।

शुक्लाफाँटा निकुञ्जको चारैतिर बस्ती छ । निकुञ्जको उत्तरमा भीमदत्त, बेदकोट, दक्षिणमा बेलडाँडी–बेलौरी, पूर्वमा लालझाडी, शुक्लाफाँटा र पश्चिममा दोधाराचाँदनी गाउँबस्ती छन् । निकुञ्जबाट गाउँ पस्ने जनावरका कारण किसान सबैभन्दा बढी मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित