आइ पी एम प्रबिधि द्वारा पुनर्वासमा मकै बाली उत्पादन गर्न किसानलाई परामर्श गरिदै

धनबहादुर बिक/पुनर्वास। कञ्चनपुर को पुनर्वास नगरपालिका २ मोतिबस्तिमा आई पी एम प्रबिधि द्वारा मकैबाली उत्पादन गर्न सुरु गरिएको छ ।

 

श्री हरियाली कृषक पाठशाला पुनर्वास नगरपालिका २ मोतिबस्तिमा किसान द्वारा मकै बाली उत्पादन का लागि नमुना कृषक पाठशाला सुरु गरिएको हो ।

पुनर्वास नगरपालिका कृषि विकास शाखा द्वारा आयोजित मकै बाली पाठशाला कार्यक्रम मा कृषि शाखा अधिकृत प्राचि बिष्ट र शाखा प्राबिधिक तथा सहजकर्ता उदयराज ओझाले किसानको खेतबारी मै गएर प्रत्येक्ष निगरानीमा किसानहरूलाई आई पि एम प्रबिधि द्वारा मकै बाली उत्पादन गर्न सिकाउदै आएका छन ।

शाखाको प्राबिधिक सहयोगमा समुह का २५ जना किसानलाई जग्गा तयारी देखि बिउ छर्ने , बिउ भित्र्याउने सम्मको सम्पूर्ण क्रियाकलापमा एबं १६ हप्ता सम्म आई पी एम प्रबिधि द्वारा मकै बाली उत्पादन गर्न सिकाउन लागिएको शाखा अधिकृत बिष्टले बताईन ।

परिक्षण का लागि पुनर्वास नगरपालिका २ मोतिबस्ति मा रहेको श्री हरियाली कृषक पाठशाला समुह अध्यक्ष पुष्पा चौधरी को ५०० बर्गमिटर जग्गामा मकै बाली उत्पादन गर्न लागिएको हो ।

शाखा अधिकृत बिष्टका अनुसार हालका लागि ५०० बर्गमिटर जग्गा मध्ये २५० बर्गमिटर मा आई पी एम प्रबिधि द्वारा मकै लगाईने र २५० बर्ग मिटरमा किसानहरूले आफै स्वबिबेक ले उत्पादन गर्नेछन यसो गर्दा उत्पादन भएको मकैबाली किसान आफैले छुट्टाउन पाउनेछन ।

यसरी गरिएको कृषक पाठशाला मा किसानले बाली उत्पादन अध्ययन समेत गर्न पाउने छन बिष्टले बताईन ।
कृषक पाठशाला को मुख्य उदेश्य भनेको अहिले को अवस्थामा बालीमा विभिन्न रोग का किराहरू बढदै गईरहेका छन जसले गर्दा वातावरणमा संगै मानव स्वास्थ्य मा नकारात्मक असर पर्दै आईरहेको र यसका साथै किसानमा प्राबिधिक ज्ञानको कमि समेत देखिएको ले यी सबै बिषयलाई मध्येनजर गर्दै माटो लाई कसरी बचाउन सकिन्छ , रोग तथा किराहरू नियन्त्रण कसरी गर्न सकिन्छ भनेर किसानहरूको खेतबारीमै गएर आई पी एम प्रबिधि द्वारा सिकाउन लागिएको कुरा कृषि शाखा अधिकृत बिष्टले बताईन ।

कृषि प्रधान देश नेपाल मा मकै दोस्रो प्रमुख बाली रहेता पनि सन २०२२ को तथ्यांकलाई हेर्ने हो भने करिब १७ अर्बको मकै नेपाल भित्र्याएको देखिन्छ यसै बिषयलाई मध्येनजर गरि नेपाल सरकारले पनि मकै बाली उत्पादन लाई प्राथमिकता मा राखेको छ र पुनर्वास नगरपालिकाले पनि यस बर्षदेखि कार्ययोजना बनाई मकै बाली उत्पादनमा विशेष कार्यक्रम ल्याएकोले हामी पनि मकै बाली उत्पादन का लागि जोड दिएका छरू बिष्टले भनिन ।

बिषाधी वातावरणमा खेति गर्दा क्षति हुने , लागत खर्च बढने र किसानलाई निराश हुनुपर्ने अवस्था सृजना भएको बिषयलाए ध्यानमा राख्दै पुनर्वास नगरपालिकाले कृषक पाठशाला को कार्यक्रम ल्याएको कृषि शाखा कर्मचारी उदयराज ओझाले बताए ।

किसानलाई दिगोरूपमा कसरी दक्ष बनाउन सकिन्छ भनेर कृषक पाठशाला को कार्यक्रम ल्याएको ओझाले बताए । गतबर्ष पुनर्वास नगरपालिका वडा नम्बर ५ मा धान खेति र यो बर्ष वडा नम्बर २ मा मकै खेति परिक्षण का लागि सुरूवात गरिएको र आगामि बर्षमा अन्य वडाहरूमा समेत निरन्तरता दिंदै जाने ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित