अछाम । अछाम जिल्लाको रामारोसन गाउँपालिकामा प्राकृतिक श्रोत व्यवस्थापन सम्वन्धि बहु–सरोकारवालाहरूसँग संवाद कार्यक्रम सम्पन्न भएको छ ।
USAID जल जंगल परियोजना अन्तर्गत जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुंच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगाएतका विषयमा १ दिने प्राकृतिक श्रोत व्यवस्थापनमा महिला तथा जोखिममा रहेका समुदायहरूको मुद्दाहरू सम्बोधन गर्न बहु–सरोकारवालाहरूसँग संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रामारोसन गाउँपालिकाका अध्यक्ष मान बहादुर सावतले कार्यक्रमको सफलताको सुभकामनाका साथै आगामी दिनमा यस पालिका USAID जल जंगल परियोजनासंग आवश्यक समन्वय गरि जैबिक संरक्षणको कार्य गर्न तयार रहेको बताउनु भयो ।
यसै गरि गाउँपालिकाका उपाध्यक्ष श्रृजना बुढाले आफ्नो पालिका प्राकृतिक रुपले अछाम जिल्लाकै धनि पालिका रहेको र यहि पालिका अन्तरगत रामारोसन लगायतका धेरै सिमसारहरु रहेका हुनाले यसलाई थप संरक्षण गर्दै, यसको उचित सदुयोगको लागि आम समुदाय तथा सो संग सम्बन्धित सरोकारवालाहरुले आबश्यक हातेमालो गरि अगाडी बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमूख प्रशासकिाय अधिकृत प्रभुनाथ देबकोटाले यस पालिका भित्र जल, जंगल र प्राकृतिक स्रोत व्यवस्थापन गर्ने क्रममा केही कानुनी जटिलता देखिएपनि वातावरण संसक्षण र रोजगार सिर्जनामा पालिकाले निरन्तर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी सामुदायिक वनका महिला सहभागीहरुले आगामी दिनमा सामुदिक बनमा संग िजल र जंगल प्राणीजातीको जीवन भएकाले प्राकृतिक स्रोतसाधनको जथाभावी प्रयोग गर्न कसैले नहुने बताउनुभयो, प्राकृतिक स्रोतमा ह्रास आउँदा सबैभन्दा धेरै मारमा महिला, दलित, जनजाति र सिमान्तकृत वर्गहरु पर्ने हुँदा समाजको समुन्तीका लागि पनि जल जंगलको संरक्षण र व्यवस्थापन अपरिहार्य भएकोमा जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित सब डिबिजन बन कार्यलयका अनुसार यस गाउपालिका अन्तरगत रहेका कुल ५२ सामुदायिक बनहरुमा आफुहरुले स्थानीय तहसंगको सहकार्यमा जल, जंगल र बातावरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायलाई उद्यमशिलता र क्षमता अभिवृद्धिमा सघाउन आग्रह गर्दै आफुहरु रचनात्मक काम गर्न आतुर रहेको बताउनुभयो ।
कार्यक्रममा USAID जल जंगल परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत बिनोद कुमार शाहीले USAID जल जंगल आयोजनाको संक्षित्त परिचय सहित आगामी दिनमा गर्न सकिने सहकार्य एबम समन्वयको बारेमा सहभागीहरुलाई प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा USAID जल जंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत सारदा शेर्पाले USAID जल जंगलले गर्ने हरेक क्रियाकलापहरुमा महिला दलित तथा अन्य सिमान्तकृत वर्गहरुको समानुपातिक पहुँच, नियन्त्रण, लाभ बाँडफाडको सुनिश्चितलाई हुने गरि क्रियाकलापहरु संचालन गरिने बताउनुभयो ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई ध्यानमा राखेर चार वटा समुहमा छलफल गरिएको थियो भने सहभागीहरुकले यस पालिकामा रहको मुख्य १० वटा सवालहरु पहिचान गरि प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रमा उपस्थित जम्मा सहभागीहरु मध्ये ५० प्रतिशत महिला सहभागीता रहको थियो ।
Discussion about this post