अाज सुनको मूल्य  दुई हजार रुपैयाँ  बढ्यो

5
VIEWS

काठमाडौं :

 नेपाली बजारमा सुनको मूल्य एकै दिन दुई हजार रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार