कञ्चनपुर, चैत्र २५ । नेकपा एमाले कञ्चनपुरको सचिवका उम्मेदवार कर्ण बहादुर चन्द सहितका तीन एमाले जिल्लाका नेता प्रदेश सदस्यमा चयन भएका छन ।
चैत्र पहिलो साता सम्पन्न भएको एमाले कञ्चनपुरको ९औँ अधिवेशनमा चन्द सचिवमा उम्मेदवार देखिएका थिए । अन्तत माथिबाटै सहमतीको विषय अघि सारेपछि चन्द सचिव हुन सकेनन् । कार्यकर्ता र जनतामा लोकप्रिय नेता चन्द शिर्ष नेताका लागि आँखाको कसिङगर बनेपछि उनी सचिव हुन सकेनन् ।
एमाले सुप प्रदेशको बैठकले कञ्चनपुरबाट चन्द सहित शुक्लाफाँटा नगरका मेयर रण बहादुर महरा र एमाले सुप प्रदेश अधिवेशन सदस्यमा पराजित भएका मोहन गिरीलाई प्रदेश सदस्यमा चयन गरेको जनाएको छ ।
Discussion about this post