बेलडाँडी । बेलडाँडीका रानाथारु सामुदायले धुमधामका साथ चराँइ पर्व मनाएका छन् । कञ्चनपुर, कैलालीमा बसोबास गर्ने रानाथारु समुदायले आजकै दिन यो पर्व भव्यताका साथ मनाउने गर्दछन ।
बेलडाँडी गाउँपालिका वडा नं.२ चवन्नीको राना टोलमा वडा कार्यालयको आयोजनामा कार्यक्रम गरिएको हो । चराइ पर्वको बेलडाँडी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरिशचन्द्र रानाले शुभकामना दिदै कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
प्रत्येक बर्ष चराई कार्यक्रम हुँदै आए पनि यस पालि फरक तरिकाले वडा कार्यालय आफै संस्कृति संरक्षण तथा प्रवर्धनमा लागेको प्रति खुसी ब्यक्त गर्दै शुभकामना दिनु भयो । उनले सम्वोधनका क्रममा भने रानाथारु समुदाय संस्कृतिको हिसावले धनी भएको जनाए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि शान्ति नाथले आफ्नो संस्कृति बचाएर राख्नुर्पेमा जोडदिदै शुभकामना दिनु भयो । कार्यक्रमका विशिष्ट अतिथि बेलडाँडी गाउँपालिका प्रवक्ताले यस्ता कार्यक्रम लोप हुन लागेको प्रति चिन्ता व्यत्त गर्दै यस्ता संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका सभापति तथा वडा नं.२ का अध्यक्ष नारद सिंंह उर्यालले सबैको धर्म संस्कृति जर्गेना गर्नु सबैको दायित्व रहेको बताए । यस पालि वडा कार्यालयले संस्कृति संरक्षण तथा प्रवर्धन कार्यक्रम तय गरि विभिन्न कार्यक्रम गरिसेको बताउनु भयो ।
यस्तै थारु समुदायिकी अगुवा महिला नेत्री सगुना रानाले चराँइ पर्वका बारेमो प्रष्ट पार्नु भयो । उनका अनुसार यो पर्व होरीको उतार्धको रुपमा मनाउछन । यो पर्व चैत शूक्लपुर्णिमाको पहिलो विहिवार या पहिलो सोमबारका दिन मनाउने गर्दछन ।
फागुमा ३८ दिन सम्मा होरी खेल्ने चलनले गर्दा होलीका लाई सबैले बिदाइ गर्नु पर्ने हुन्छ त्यसै क्रममा खख्डेहरा पर्वमा घरको मुली होरीलाई विदाइ गरेर आएको हुन्छ तर घरमा रहेको केटीहरुले यसलाई विदाइ गर्न पएका हुदैनन त्यसैले यस पर्वमा वहाँहरुले विदाइको रुपमा मनाउने चलन छ ।
यो पर्व पछि विवहा भइकी महिला आ आप्नो ससुराल ( श्रीमानको घर ) जान्छन । यो पर्वमा महिलाहरुले मिठो भात , उसिनेको आलु , माछा , भरुवा भटाआदिको तरकारी पकाएर लैजान्छन । गाउँको गुरुवा (गौटेहरा भर्रा) आए पछि पुजा गर्नका लागि सबैले आप्नो घरबाट पकाएर लगेको खाना थोरै थोरै सबैले राख्नछन ।
पुजा गरेपाछि गुरुवाले त्यो खानालाई प्रसादको रुपमा चढाउछन र सोही चढाएको खाना पुजा सकिए पछि सबैलाई प्रसादको रुपमा बाडेर खाने चलन छ । पुजा गर्नु भन्दा पहिले कसैले खाना खायो र यो कुरा गुरुवाले थाहा पएपछि तुरुन्त सो नियम उलंघन गर्ने व्यक्तिलाई जरीवाना गरिन्छ । यो पर्व रुखको छाहरी मुनि बसेर मनाउछन भने चराइ पर्व मनाउन गइसकेको व्यक्ति फेरी फर्केर घर आउन पाउदैन ।
दिन भरि सबै जनाले होरी खेलेर मनोरञ्जन गर्दछन । साझपख गरुवाले घर आउने बाटोमा पुजा गरे पछि सबै जना जंगलबाट स्याउला लिएर आउछन । उक्त स्याउला भुइया या होरी जलाएको ठाउमा गइ फाल्छन त्यहा वाट गाउँको पधना या भलमन्साको घरमा गई पानी लिने चलन छ । पधनाको घरमा गएका महिलाहरुको माथि गुरुवाले सबैलाई पानीले पवित्र गरेपछि मात्र आ आप्नो घर तिर लाग्छन ।
Discussion about this post