बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका १ सय १५ जना (३०प्रतिशत) विद्यार्थी उत्तीर्ण भएसंगै जिल्ला भरबाट ३ हजार ६ सय ९९ जना (३८.१७ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको नतिजामा उक्त संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् । बेलडाँबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३ सय ९२ जना सहभागि भएका थिए भने जिल्ला भरबाट ९ हजार ६ सय ९१ जना विद्यार्थी सहभागि भएका हुन ।
बेलडाँडी गाउँपालिकाका ८ माध्यमिक विद्यालयको नजिता यस्तो छ । सरस्वती मावि झर्नासागरबाट परीक्षामा सम्मिलित ७९, उत्तीर्ण ३१, ननग्रेडिङ (एनजी) ४८, उत्तीर्ण प्रतिशत ३९.२४ ग्रेड बृद्धिमा परेका २७ । रौलेश्वर मावि बेलडाँडीबाट परीक्षामा सम्मिलित ६४, उत्तीर्ण ६, ननग्रेडिङ (एनजी) ५८, उत्तीर्ण प्रतिशत ९.३८ ग्रेड बृद्धिमा परेका १७ । सिद्धनाथ मावि चौफेरीबाट परीक्षामा सम्मिलित ५६, उत्तीर्ण १७, ननग्रेडिङ (एनजी) ३९, उत्तीर्ण प्रतिशत ३०.३६ ग्रेड बृद्धिमा परेका २३ । सरस्वती जनता मावि बैवाहबाट परीक्षामा सम्मिलित ६१, उत्तीर्ण ३८, ननग्रेडिङ (एनजी) २३, उत्तीर्ण प्रतिशत ६२.३० ग्रेड बृद्धिमा परेका १७ । गणेश मावि भुर्षाबाट परीक्षामा सम्मिलित ४७, उत्तीर्ण २, ननग्रेडिङ (एनजी) ४५, उत्तीर्ण प्रतिशत ४.२६ ग्रेड बृद्धिमा परेका १० । बैजनाथा मावि झिलमिलाबाट परीक्षामा सम्मिलित ५६, उत्तीर्ण १०, ननग्रेडिङ (एनजी) ४६, उत्तीर्ण प्रतिशत १७.८६ ग्रेड बृद्धिमा परेका १७ । कञ्चन ग्यालेक्सी, बेलडाँडीबाट परीक्षामा सम्मिलित १५, उत्तीर्ण ८, ननग्रेडिङ (एनजी) ७, उत्तीर्ण प्रतिशत ५३.३३ ग्रेड बृद्धिमा परेका ३ । मोडेल चाइल्ड केयर स्कुलबाट परीक्षामा सम्मिलित १४, उत्तीर्ण ३, ननग्रेडिङ (एनजी) ११, उत्तीर्ण प्रतिशत २१.४३ ग्रेड बृद्धिमा परेका ७ जना विद्यार्थी छन् ।
प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार एसईईको नतिजा सार्वजनिक भएको हो । नयाँ पाठ्यक्रम अनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।
उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।
निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै आएको छ । जसअनुसार परीक्षा दिएका मध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन ।
ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ अंक ल्याए पनि विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा भने विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाएका छन् । बोर्डले अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा सार्वजनिक गरेको छ ।
Discussion about this post