बेलडाँडी २८ असाढ । बेलडाँडी गाउँपालिमा रहेको चौधर नदी नियन्त्रण संघर्ष समितिद्धारा तीन किसिमले तत्काल समस्या समाधानमा लाग्न सबैलाई सुझवा दिएका छन् । समितिको हिजो बसेको बैठकले तत्काल चौधर नदीका कारण निम्तिएको विपत्तिको सामना गर्न सरोकारवाला निकायलाई सुझाव दिएका छन् ।
संघर्ष समितिका अध्यक्ष जनक धामीद्धारा जारी बिज्ञप्तीमा यस्तो भनेको छन् : केहि दिन पहिला आएको अविरल वर्षाको कारण देशका बिभिन्न ठाउँमा वाढी पहिरोको कारणले ठूलो धनजनको क्षति भएको छ । यसमा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
यसै सन्दर्भमा कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालीका वडा नं. ५ भएर बग्ने चौधर नदिले २०८१–०३– २४ गतेका दिन गणेश मा.वि. भुर्षा नजिक महाकाली सिचाईको नहरको संरचना भत्काई गाउँमा पसि बेलडाँडीको वडा नं. २,३,४ र ५ का साथै बेलौरीको वडा नं. ८ र १० लगायतका ठाउँमा ठूलो क्षति पुराएको छ । कञ्चनपुरको दक्षिणी भेगक अधिकांस जनताको लागि अभिषापको रूपमा रहेको चौधर नदिले यो भन्दा पूर्व २०६५ साल असोज ४ गतेका दिन महाकाली सिचाईको नहर भत्काई गाउँमा पसि ठूलो धनजनको क्षति पुराएको स्मरण गराउन चाहन्छौं ।
चौधर नदि नियन्त्रणमा राज्यले खासै ध्यान नदिए पछि २०७४ साल भाद्र ५ गते स्थानिय जनताले संघर्ष मार्फत नै नदि नियन्त्रण लागि अगाडी बढाउने निधो गरे । राज्यका विभिन्न संयन्त्र र सम्वन्धित निकायहरूको ध्यानाकर्षण गराउदै जादा २०७८ माघ १५ गते जनताको तटबन्ध कार्यालयका प्राविधिकहरु खटिएर ७ करोड ११ लाख बराबरको लागत इस्टिमेट तयार गरि विभागमा पठाएको थियो , तथापि यसको पनि कुनै सुनवाई हुन सकेन् । राजधानी तथा सदरमुकामबाट दूरदराजमा बस्ने राज्यसत्ता र संयन्त्रमा पहुँच नभएका गरीब जनताहरूको पिडा कसले बुझिदेला ? यो गम्भीर प्रश्न बनेको छ ।
यहि असार २४ गते आएको वाढीले प्रभावित क्षेत्रका गाउँलेहरुका अन्नबाली, लुगाफाटा बगाई दिएको छ । घर गोठ भत्काई दिएको छ । कतै जमिन नै बगाएको छ, भने कतै जमिन नै पुरी दिएको छ । गणेश मावि भुर्षाको विद्यालय भवनमा क्षति पुगाएको छ, भने मन्दिरको पर्खाल पुरै भत्काई विद्यालय कोठा भित्रका सामानहरु बगाएको छ । खेतवारीमा लगाएको अन्नवाली पुर्णरुपमा नष्ट भएको छ । बाटो घाटो, सिचाईका संरचनाहरु पनि कतै आंसिक त कतै पुर्णरूपमा क्षतिग्रस्त भएका छन । ठूलो क्षति भोग्नु परेको यो क्षेत्रका लागि पुनर्निर्माण र पुनस्र्थापनाका लागि सरकारले विषेस प्याकेज ल्याउन हामी जोडदार माग गर्दछौं ।
खास गरि समस्या समधानको लागि सम्बोधन गर्न ३ किसिमले अगाडी बढ्नु पर्ने हामीले ठहर गरेका छौं । १– दिर्घकालीन रुपमा नदि नियन्त्रणका लागि समस्याको समाधान गर्न चौधर नदिलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र बग्ने वाहुनी नदिमा मिसाउने, त्यो सम्भव नभएमा होंचो भागमा बेलडाडी भुर्षाबाट भारतको वोर्डर जामुनाघारी सम्म ५ किलोमिटर बलियो तटबन्ध निर्माण गर्ने । बाटा घाँटा र सिंचाईको संरचना निर्माण गर्न सम्बन्धित निकायले योजना तर्जुमा गरि बजेट विनियोजन गर्ने ।
२– अहिले तत्काल समाधान गर्नु पर्ने समस्यामा भत्किएको ठाउँमा बाँध बाँधेर केहि दिन भित्र आवत जावत र पानीको धार रोक्ने व्यवस्था मिलाउने । यसका लागि बेलडाडी पालिकाको आयोजनामा बेलौरी न.पा. – जनताको तटबन्ध– महाकाली सिंचाई र विपद व्यवस्थापनका प्रमुखहरुको बैठक गरि स्थानिय स्तरबाट अस्थाई समाधान तिर लाग्ने । केन्द्रको मुख ताकेमा ढिलो हुनेछ ।
३– जनताको क्षति भएको कुराहरु आधिकारिक रुपमा लगत संकल गरि राहत तथा पुनर्स्थापना गर्ने प्रकृया व्यवस्थित ढंगले अगाडी लैजाने ।
यो विपत्तीको घडीमा सवै पक्षलाई धैर्यता र संयमता अपनाउन पनि हार्दिक अनुरोध गर्दछौ । यो सबैको साँझा समस्या हो । दलगत, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समस्याको समाधान तिर जो जहाँ छ जहाँवाट सहयोग गर्न सक्दछ त्यहिवाट बेलडाडी केन्द्रित भई सहयोग गरिदिनका लागि हार्दिक अनुरोध गरेका छन् ।
Discussion about this post