बेलडाँडी २९ असाढ । चौधर नदीमा आएको बाढीका काण महाकाली सिंचाईको नहर तथा तटबन्ध फुटेर बेलडाँडीका अधिकांस भु भागमा बाढी आएको थियो । बाढीका कारण बेलडाँडीमा ठुलो क्षति भएको छ । बाढीले बेलडाँडीको इमलिया, झिलमिला, चवन्नी, खल्ला, ढकनिया, वैवाहा, खैरिघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेका थिए ।
नदीको सतह घटेका कारण नहर फुटाएको ठाउँबाट बस्तीमा पानी पस्न रोकिएको भए पनि पुनः वर्षांत भए थोरै नदीको सतह बढ्दा बस्तीमा पानी पस्ने जोखिम रहेकाले तत्काल महाकाली सिंचाई र बेलडाँडी गाउँपालिकाको समन्वयमा आज सिनवार देखि रोकथाम कार्य अघि बढाइएको छ ।
फेरि बाढी आउछकी भन्ने त्रसित बातावरणमा बसेका बाढीपिडितहरुलाई मलम लगाउने कार्य अघि बढेको छ । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले सबै पक्षलाई बाढीको कारण जनाउदै सहयोगको अपिल गरेको छ । बस्तीको शिरानी बनेर रहेको चौधर नदीले बेलडाँडी २,३,४,५ र बेलौरीका ८,१० नं. वडामा क्षति पुर्याएको थियो ।
अझै सामान्य बर्षाका कारण समेत बाढी गाउँपस्ने भएको भन्दै तत्काल यसलाई रोक्ने प्रयास महाकाली सिंचाईको समन्यमा गर्न थालेको पालिका प्रमुख हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार अहिले पनि कति बेला बस्तीमा पानी पस्न भनेर गाउँबासीहरु चिन्तित भएका बेला उनीको चिन्ता दुर गर्ने गरी कार्य अघिबढेको बताए । सबै पक्ष संग समन्वय गरेका छौं बजेट धेरै लाग्ने अनुमान गरिएको छ सबैको सहयोग रहयो भने तटवन्धन निर्माण गर्न सकिने जनाउनु भयो ।
यस्तै महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रिय समितका अध्यक्ष भीम बहादुर थापाले सबैपक्षले निर्माणमा हातेमालो गर्नुपर्ने बताएका छन् । सिंचाइ कार्यालयले मात्र यो सम्भव नभएको बताउदै यसमा सबैपक्षले सहयोग गर्नुपर्ने देखिएको बताए । थापाका अनुसार जमिनलाई भित्र पार्ने गरी निकुञ्जको किनार देखि तटबन्ध निर्माण गरिनु पर्नेमा स्थानीयको जोड रहेकाले त्यसो गर्नाले बस्ती सुरक्षित हुने बताए । यसमा निकुञ्जले पनि बस्तीको हित हुनेगरी सोचिदिनुपर्नेमा जोडदिनु भयो ।
महाकाली सिंचाई जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रिय समितिका अध्यक्ष गोपाल कुँवरले भने किसानलाई केहिदिन आकासको पानी नपरे समस्या हुने भएकाले यसमा समेत सबै पक्षले ध्यानदिनु पर्ने बताए । पानी नपाएपनि किसानहरुले लगाएको ठुलोमात्राको धानखेती सुक्ने रोगलाग्यो भने झिन समस्या निम्तिने भएकाले समयमै पानी सुचारु गर्ने गरी कार्य अघिबढाउनु पर्ने बताए ।
स्थानीयहरुका अनुसार कालिकिचको किनार हुदै चौधर खोला सम्म तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुका अनुसार निकुञ्जको किनारै देखि जमिनलाई भित्र पार्ने गरी तटबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । चौधर नदी र कालिकिच तालको माथी पानी काट्ने ब्लकर सहितको तटवन्ध बनाउनु पर्ने सुझाव दिए । तत्काल फुटेको ठाउँ मर्मत गरेर तत्काल निम्तिन सक्ने समस्या समाधान गरिनुपर्नेमा सबैको जोड रहेको छ ।
बेलडाँडी गाउँपालिका भरी बाढी तथा डुवानले १५ सय भन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । उनले तथ्यांक संकलनका लागि कर्मचारी तथा जनप्रतिनिधी परिचालन गरिएको जनाउदै उनीहरुको राहतका लागि माथिल्लो निकायमा पहल गर्ने बताउनु भयो । धेरै परिवारको घर भत्काई बाढीले भण्डारण गरेर राखेको खाद्यान्न बगाएको थियो ।
यस्तै बाढीले बेलौरीको बण्डाझाला, भुडा, कानपुर, कलकत्ता लगायतका क्षेत्र डुबानमा परेका छन् । बेलौरी नगरपालिका – १० मा ४ सय, बेलौरी –८ मा करिब १ सय ५० परिवार प्रभावित बनेका छन् । बेलडाँडी र बेलौरीमा नदीको पानी पस्दा करिब १ हजार बिघा भन्दा बढी खेतमा लगाइएको धान बाली नष्ट भएको छ । बाढीले केही जमिन कटान गर्नुका साथै पटान समेत गरेको छ ।
Discussion about this post