बेलडाँडी, २३ साउन । शास्त्रले हाईन, देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ । राष्ट्रको गौरव, शान, मान,पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रुपले वा शारिरीक रुपबाट अपांग बन्नपुग्छ । त्यसकारण पनि एउटा मान्छे स्वास्थ्य हुन आवश्यक छ । एउटा स्वास्थ्य शरीरमा मात्र स्वास्थ्य मस्तिष्क हुन्छ । अर्को शब्दमा भन्ने हो भने स्वास्थ्य मस्तिषकका लागि स्वास्थ्य शरीर हुन अत्यन्त आवश्यक छ ।
स्वास्थ्य शरीर नै एउटा मान्छेका लागि सुख हो, आनन्द हो । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा पालिकाले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढ्ने हो भने खेलकुदमा अत्यन्तै इच्छा राख्ने बेलडाँडीका दिनेश जोशी, धिरेन्द्र शाह जस्ता युवाहरु कहाँ पुग्थे होला ? उनीहरुले असल कोच पाए के हुन्थ्यो होला ? कुनै काम नभएर कुलत तिर फस्दै गएका युवाहरुमा कमि आउथ्यो होला र राष्ट्रको गौरव, शान, मान,पहिचान स्थापित गर्न सक्थे होला । बेलडाँडीले कति खेलडाँडी पैदा गथ्र्यो होला एकपटक सबै खेलप्रेमीहरुले सोच्नुपर्ने अनिर्वाय छ ।
बेलडाँडी गाउँपालिका वडा नं.१ बस्ने फटुबलर दिनेश जोशी बेलडाँडीका एक होनहार फुटबल खेलडाँडी हुन । उनी अहिले २१ बर्षका भए । अहिले उनी बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको रौलेश्वर मा.वि.को खेलमैदानमा सधै आफुपनि सिक्ने अरुलाई पनि सिकाउने कार्यमा ब्यस्त छन् । हरेक दिन साझ ४,५ बजे उनी खेलमैदानमा देखिन्छन् । आफुसंगैकै खेलाडी साथीहरुलाई समेत आफुले सिकेको खेलकुदका ट्रिक सिकाउछन र आफुपनि सोही अभ्यासमा रहेको देखिन्छन । उनी भन्छन् यसरी सो समयमा निशुल्क आफ्ना बालवालिकाहरुलाई कुलत गलत बाटोबाट बचाउन र फुटवल सिकाउन चाहनुहन्छ भने सोही स्थानमा पठाई आफुमा भएको ज्ञान लिन सक्ने जनाउछन् ।
दिनेश बेलडाँडी गाउँपालिकामा रहेको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसको निर्वाचित स्ववियु सचिव समेत हुन् । खेलकुदमा खुबै चासो राख्ने जोशी पालिकालाई खेलकुद व्यवस्थापन गरिदिन पटक पटक आग्रह गरेर थाकेका छन् । उनी आफु भन्दा सिनीयर जागिर खादै गरेकाहरुलाई हारगुहार गरेर कहिले फुटवल कहिले खेलकुदका समान माग्ने गर्दछन् । उनी भन्छन् हाम्रो भनेको पालिकाले नसुने पछि यसरी साथीभाईहरुबाट सहयोग माग्नु परेको बताउछन् ।
खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो । हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कैशलतामा यसले निखार ल्याउछ । नेपालको हरेक भुभागमा खेलिने खेल फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस,बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र हैन, पहिचान र समृद्धिसँग जोडिएको जोशीको बुझाई छ ।
खेलकुद विकासको सबद्र्धन, प्रबद्र्धनका लागि खेलकुद पुर्वाधारको विकास हुन आवश्यक छ । खेललाई मनोरञ्जनका रुपमा मात्र सिमित पारिरहनु हुदैन र हेरिनु हुदैन । एउटा मान्छे खेलका माध्यमबाट स्वास्थ्य, सुखी र समृद्ध बन्नसक्छ र टोल, गाउँ, क्षेत्र र जिल्ला हुदै राष्ट्रको गौरब बढाउन सक्छ । एउटा भनाई छ, स्वास्थ्य शरिर, निरोगी मस्तिष्कबाट सुन्दर भविष्यको रुपरेखा कोर्न सकिन्छ, सुखी जीवन, खुसी संसारबाट मात्र संसारका सबै बस्तु प्राप्त गर्न सकिन्छ ।
भिडियो
Discussion about this post