हामी जे गर्छौं, जसरी गर्छौं, त्यसमा सफलता प्राप्त होस् भन्ने आकंक्षा राख्छौं । दुनियाँका हरेक व्यक्ति आफ्नो जीवनमा सफलताको स्वाद चाख्न चाहन्छन् । पढाइमा होस् चाहे करियरमा, उद्यम व्यवसायमा होस् वा कलाकारितामा, हरेक व्यक्ति आफ्नो क्षेत्रमा सफल हुने सोंच राख्छन् ।
तर, सबै सफल हुँदैनन् । सबै किन सफल हुँदैनन् ? यो प्रश्नको जवाफ हामीले अरुतिर होइन, आफैतिर फर्केर सोध्नुपर्ने हुन्छ । सफल हुनका लागि त्यही बाटो अपनाउनुपर्छ, जो सफल व्यक्तिहरुले हिँड्ने गर्छन् । किनभने सफल र असफल व्यक्तिबीचको सोचाई, बुझाई, काम गराई सबै कुरा भिन्न हुन्छ ।
कसैलाई सफल वा असफल बनाउनमा यी कुरा पनि निकै महत्वपूर्ण हुन्छ ।हाम्रो दिनचर्या हाम्रो बानीमा निर्भर हुन्छ । जस्तो हाम्रो बानी हुन्छ, त्यस्तै काम हामी दिनभर गर्छौ र त्यही काम हाम्रो दिनचर्या बन्छ । अतः दिनचर्या तब राम्रो हुन्छ, जब हाम्रो बानी राम्रो हुन्छ । र, यो पनि सत्य हो कि, हाम्रो बानी त्यस्तै हुन्छ, जस्तो सोंच हुन्छ । त्यसैले हामीले सोच्ने तरिका बदल्नुपर्छ ।
यहाँ सफल व्यक्ति र असफल व्यक्तिको सोचाईबीच के कस्ता अन्तर हुन्छ भनेर उल्लेख गरिएको छ ।
सफल व्यक्तिसँग आफ्नो लक्ष्यसम्म पुग्नका लागि एक राम्रो र ठोस योजना हुन्छ । जबकी असफल व्यक्तिले लक्ष्य निर्धारण गरेकै हुँदैन । लक्ष्य बनाए पनि त्यसको ठोस आधार तय गरेका हुँदैनन् ।
–सफल व्यक्ति सधै अर्काको कामको सराहना गर्छन् । जबकी असफल व्यक्ति अर्काको कामको आलोचना गर्छन् ।
–सफल व्यक्ति जीवनमा अघि बढ्नका लागि भन्ने गर्छन्, ‘मलाई केही राम्रो गर्नुछ ।’ तर, असफल व्यक्तिहरु जीवनका अघि बढ्नका लागि भन्ने गर्छन्, ‘मेरो जीवनमा केही राम्रो हुनुपर्छ ।’
–सफल व्यक्ति आफ्नो विचार तथा ज्ञान दोस्रो व्यक्तिसँग बाँढ्छन् । जबकी असफल व्यक्ति आफुले जानेको कुरा पनि साझेदार गर्दैनन् ।
–सफल व्यक्ति प्रत्येक व्यक्ति वा घटनाबाट केही न केही सिक्नका लागि तयार हुन्छन् । तर, असफल व्यक्ति सोच्छन् कि, उसलाई कसैले सिकाउनका लागि जरुरत छैन ।
–सफल व्यक्ति आफ्नो सफलताको श्रेय ति सबै व्यक्तिलाई दिन्छन्, जसले कुनै किसिमले सहयोग गरेका छन् । जबकी असफल व्यक्ति हरेक कुराको श्रेय आफै लिन खोज्छन् ।
–सफल व्यक्तिहरु समस्यासँग जुधेर अगाडि बढ्छन् । जबकी असफल व्यक्तिहरु समस्याबाट भाग्ने चेष्टा गर्छन् ।
–सफल व्यक्तिहरु हरेक समस्यामा अवसर देख्छन् । असफल व्यक्तिहरु हरेक समस्यामा जटिलता देख्छन् ।
–सफल व्यक्तिहरु लक्षित उदेश्य हासिल गर्नका लागि सार्थक प्रयास गर्छन् । तर, असफल व्यक्तिहरु निरर्थक श्रम गरिरहेका हुन्छन् ।
–सफल व्यक्तिहरु कर्म र लगनसिलतामा विश्वास गर्छन् । असफल व्यक्तिहरु भाग्यमा विश्वास गर्छन् ।
–सफल व्यक्तिहरु अर्काको क्षमता पहिचान गरी त्यही अनुसार सहकार्य गरेर अगाडि बढ्छन् । असफल व्यक्तिहरु एक्लै अगाडि बढ्न खोज्छन् ।
–सफल व्यक्ति हरेक समस्याको समधान खोज्छन् । असफल व्यक्ति समस्याबाट उम्कने बहाना खोज्छन् ।
–सफल व्यक्ति कार्ययोजना बनाएर सही ढंगले अगाडि बढ्छन् । असफल व्यक्तिसँग अगाडि बढ्नका लागि कुनै कार्ययोजना हुँदैन ।
–सफल व्यक्ति सोच्छन् कि, आउने समयलाई कसरी उपयोग गर्ने ? असफल व्यक्ति सोच्छन् कि, आउने समयलाई कसरी खर्च गर्ने ?
–सफल व्यक्ति ठूलो लक्ष्यका साथ सहकार्य गरेर अगाडि बढ्छन् । असफल व्यक्तिसँग झिनामसिना लक्ष्य हुन्छ ।
–सफल व्यक्ति सही समयमा, सही निर्णय गरेर, सही ढंगले अगाडि बढ्छन् । असफल व्यक्तिले समय फुत्किएको भेउ पाउँदैन । ठोस निर्णय गर्न सक्दैनन् ।
Discussion about this post