बेलडाँडीको किसान मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आकर्षण बढ्दै, उचित व्यवस्थापन आवश्यक

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको भारत सीमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको किसान मध्यवर्ती सामुदायिक वन पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेष गरी होली पर्वको समयमा यहाँ बनभोज तथा पिकनिक मनाउन आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

तर, यो वनलाई पिकनिक स्थलका रूपमा व्यवस्थित गर्ने आवश्यक पूर्वाधार निर्माण नहुँदा पर्यटकहरूले विभिन्न समस्या भोग्नुपरिरहेको छ । पकाउने स्थान, खानेपानी, शौचालय तथा अन्य आधारभूत सुविधाको अभावले गर्दा पर्यटकहरू असहज महसुस गर्न बाध्य छन् ।

प्रत्येक वर्ष होली तथ दिपावली चार्डपर्वमा होली भैलो खेलेर बनभोज खान यहाँ आउनेहरूको संख्या बढ्ने गरेको छ । किसान मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरेन्द्र रोकायाका अनुसार, वनमा कुनै आन्तरिक आयस्रोत छैन, जसका कारण पिकनिक स्थल निर्माण तथा व्यवस्थापन गर्न कठिन भएको छ ।

“स्थानीय, प्रदेश तथा संघीय सरकारबाट बजेट प्राप्त नभएकाले बनभित्र आवश्यक पूर्वाधार निर्माण गर्न सकिएको छैन । पर्यटन प्रवद्र्धनका लागि बजेट अपरिहार्य भए पनि अहिलेसम्म सरकारको ध्यान जान सकेको छैन ।,“

होली पर्वको समयमा यहाँ दैनिक रूपमा तीनदेखि चार वटा पिकनिक टोलीहरू आउने गरेका छन् । तर, पानी, दाउरा, सरसफाइ तथा सुरक्षित स्थानको अभावले गर्दा पर्यटकहरूलाई असुविधा भइरहेको छ ।

बेलडाँडी गाउँपालिका–४ निवासी समाजसेवी तथा देउडीया गायक पदम खडकाका अनुसार, स्थानीय सरकारले यस क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दै उचित योजना ल्याउनुपर्ने आवश्यकता छ । “हरियालीले भरिएको यो वन प्राकृतिक रूपमा निकै रमणीय छ । यदि आवश्यक संरचना निर्माण गरेर व्यवस्थित पिकनिक स्थल बनाइयो भने यो स्थान आन्तरिक तथा बाह्य पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ,“ खडकाले बताए ।

किसान मध्यवर्ती सामुदायिक वनको दीर्घकालीन संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्न निम्न उपायहरू अवलम्बन गर्न आवश्यक देखिन्छ ः निश्चित क्षेत्र तोकी आवश्यक पूर्वाधारसहित पिकनिक स्थल निर्माण गर्ने, पर्यटकहरूका लागि खानेपानी, शौचालय तथा अन्य सुविधाहरू स्थापना गर्ने, बजेट विनियोजन गरी पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन योजना ल्याउने, स्थानीय समुदाय तथा युवा समूहहरूलाई पर्यटन विकासमा संलग्न गराउने, वन संरक्षणका लागि आवश्यक नियमावली निर्माण गरी वातावरणमैत्री पर्यटनको प्रवद्र्धन गर्ने लगायतका उपायहरू प्रभावकारी रूपमा लागू गर्न सकियो भने किसान मध्यवर्ती सामुदायिक वन चाँडै नै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ । यसले न केवल पर्यटकीय आकर्षण बढाउनेछ, तर स्थानीय अर्थतन्त्रलाई पनि सशक्त बनाउनेछ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित