बेलडाँडी । बेलडाँडी गाउँपालिका–१, रतनपुरका भलमन्सा बहादुर चौधरीसहित सयौं नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार राति सम्पन्न कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो।
रास्वपा बेलडाँडीका सभापति तेजसिंह धामीका अनुसार भलमन्सा चौधरी नेतृत्वको ठूलो समूहले सामाजिक बेथिति, भ्रष्टाचार र अन्यायको विरुद्धमा दृढ प्रतिज्ञा गर्दै रास्वपाको झण्डा समातेका हुन्। “बेलडाँडीमा सुशासन, पारदर्शिता र जवाफदेहिताको लागि रास्वपा बाहेक अन्य कुनै दल सक्षम देखिएको छैन,” भलमन्सा चौधरीले प्रवेश कार्यक्रममा बताएका थिए।
उनले देश र समाजमा बढ्दो विकृति, विसंगति र असन्तुष्टिप्रति निराश व्यक्त गर्दै अबको एकमात्र वैकल्पिक शक्ति नयाँ र परिवर्तनशील पार्टीहरू रहेको उल्लेख गरे। पुराना दलप्रति वितृष्णा जागेसँगै नयाँ आशाका रूपमा रास्वपा रोजिएको चौधरीको भनाइ थियो।
प्रवेश कार्यक्रमलाई भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरिएको थियो। रास्वपा बेलडाँडीले नयाँ प्रवेशकर्तालाई फूलमाला र खादा ओढाई स्वागत गर्दै आगामी दिनमा सुधारको यात्रामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। 




















Discussion about this post