सुदूरपश्चिम विश्वविद्यालयको एक अर्ब ५४ करोडको बजेट स्वीकृत

काठमाडौं :सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकले प्रस्तुत गरेको बजेट र कार्यक्रम संशोधनसहित पारित गरिएको हो।

बैठकमा बोल्दै कुलपति ओलीले विश्वविद्यालयको आर्थिक अवस्था मजबुत बनाउन बजेट यथार्थमा आधारित बनाउन निर्देशन दिए। साथै, नियमानुसार लेखापरीक्षण गराउन समेत उनले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित