एक वर्षमै २ हजारभन्दा बढी प्रहरी कारबाहीमा, सबैभन्दा धेरैप्रहरी जवान

काठमाडौं ;आर्थिक वर्ष २०८१र८२ मा नेपाल प्रहरीका २ हजार ७३ जना कर्मचारी अनुशासनहीनता वा अन्य कारणले कारबाहीमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विनोद घिमिरेका अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै तल्लो तहका प्रहरी जवान छन् ।

प्राप्त तथ्यांकअनुसार कारबाहीमा परेका मध्ये ९२४ जना प्रहरी जवान छन् । त्यस्तै, ४२० जना प्रहरी सहायक हवल्दार, ३४५ जना प्रहरी हवल्दार, ६० जना वरिष्ठ हवल्दार र १७३ जना प्रहरी असई ९असिस्टेन्ट सब इन्स्पेक्टर रहेका छन् ।

यस्तै, ६९ जना सई, ३० जना इन्स्पेक्टर, ९ जना वरिष्ठ सई, ३ जना डीएसपी र १ जना एसएसपी पनि कारबाहीमा परेका छन् । साथै ३९ जना कार्यालय सहयोगीसमेत कारबाहीको सूचीमा परेका छन् ।

प्रवक्ता घिमिरेका अनुसार अनुशासन उल्लङ्घन, गैरपेशागत आचरण, कर्तव्यपालनमा लापरबाही लगायत कारणले प्रहरीलाई कारबाही गरिँदै आएको छ । उनले संगठनभित्र अनुशासन कायम राख्न कडा निगरानी र कारबाही प्रक्रिया निरन्तर जारी रहेको स्पष्ट पारे ।

सुरक्षाकर्मीमाथि नै कारबाहीको संख्या बढ्नु संगठनको आन्तरिक अनुशासनमाथि चुनौतीको रूपमा समेत हेरिएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित