म बिहारको कटिहारमा सिख परिवारमा जन्मेको हुँ। म मोडल, अभिनेता तथा मिस ट्रान्सक्विन इन्डिया ब्यूटी पेजेन्टकी ब्राण्ड एम्बेसडर हुँ । म केटाको शरीरमा जन्मेकी थिएँ तर समय बितेपछि म अरूबाट अलग्गै भएको महसुस गर्न थालेँ । मेरो प्राण एउटा केटीको तर शरीर कतै केटाको थियो । यसले थुप्रै कठिनाइहरूको सामना गर्नुपऱ्यो ।
बाल्यकालमा कसैले पनि बच्चाको लिङ्गको बारेमा कुरा गर्दैनन्। म बिस्तारै हुर्किरहेको थिएँ, मेरो व्यवहार केटीहरूको जस्तै थियो। म हुर्कंदै जाँदा मानिसहरूले मेरो खिल्ली उडाउन थाले। मानिसहरूले मलाई गिज्याउनुको कारण मैले बुझ्नै सकिनँ । गाउँका मानिसहरूले मलाई ठट्टाको रूपमा लिए । बच्चाहरूले तँ बिना काम केटा भएर जन्मेको भन्थे, तँ केटी हुनुपर्ने, केटीहरूसँग बसेर बस्नुपर्छ । मैले १२ वर्षको उमेरमा पहिलो चोटि आफू केटी हुँ भनेर बुझेँ । अजब म मेरा आमाबाबुसँग कतै जान्थेँ, आमाबाबुलाई मेरो अगाडि मजाक बनाइन्थ्यो । मेरा आमाबाबुले निकै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्थ्यो ।
म पत्रकारको परिवारको सदस्य हुँ । तर मलाई मेरो कुरा मानिसहरूसम्म पुर्याउन गाह्रो भयो ! मेरी आमाले मेरो जीवनमा सधैँ सहयोग गर्नुभएको छ तर त्यतिबेला बुबाले धेरै सहयोग गर्नुभएन । बुबाको कारण म १८ वर्षको उमेरमा मुम्बई आएँ। मैले आफ्नो बी कम पढाई पनि पुरा गर्न सकिन । किनकी त्यो बेला मेरो फेमिनिटी मेरो बुबालाई खासै मन परेन । मेरो बसाइ, हिँडाइ, खुवाइ सबै केटीहरू जस्तै थिए, जबकि बुवालाई यी कुराहरू खासै मन परेको थिएन । बुबाले तिमी यहाँ बस्यौ झन् बिग्रन्छौँ भन्दै मुम्बईमा सानी आमाकोमा पठाउनुभयो ।
१८ वर्षको उमेरमा म आफ्नो सानीमासँग मुम्बई आएँ। यहीँबाट मेरो रियल ट्रान्स वुमेन यात्रा सुरु भयो । जुनकुरा मेरो आमाबाबुले १८ वर्षसम्म बुझ्न सकेनन्, मेरी सानीमाले १८ घण्टामै बुझ्नुभयो । मेरी सानीमाले मलाई एनजीओ र डाक्टरकहाँ लग्नुभयो । हामीले एउटा सल्लाह पायौं। डाक्टरले मलाई यो गलत शरीरमा छ भनेर बताउनुभयो । यदि मलाई स्त्रीको रूपमा आफ्नो जीवन बिताउन दिइयो भने मेरोको जीवन अझ सजिलो हुने वहाँको भनाइ थियो । आजको मितिमा विज्ञानमा यति धेरै प्रगति भएको छ कि हामी सही काम गर्न सक्छौँ । डाक्टरको सल्लाहमा मैले हर्मोन थेरापी गर्न थाले । यसले परिवर्तन सुरु भयो र म बिस्तारै केटी भएँ। आज, म केटी भएको कम्तीमा १० देखि १२ वर्ष भयो।
म घरको सबैभन्दा जेठो छोरा थिएँ। बुबालाई लाग्यो, आउँदो समयमा म त्यो घरको कुलवंश हुनेछु । तर जब बुबाले मेरो सोचाइ अर्कै रहेछ भन्ने कुरा थाह पाउनुभयो, वहाँ स्तब्ध हुनुभयो । मेरो बुबा खुसी हुनुभएन । तर भगवानले केही लेखेर पठाउँछन् भन्नुहुन्थ्यो । बुवासँग म मुम्बई आएँ । बुबाले डाक्टरसित सल्लाह गर्नुभयो। डेढ–दुई घन्टापछि डाक्टरको कोठाबाट बाहिर निस्किँदा बुवाको आँखामा पश्चतापको आँसु थियो । बुवा आफैले अँगालो हालेर भन्नुभयो, तिमी केटा होस् या केटी, तिमी मेरो बच्चा हौ। हाम्रो यो बच्चालाई हामी जीवनबाट अलग हुन दिनेछैनौं । यो मेरो लागि एकदमै ठूलो कुरा थियो। आज पनि त्यो क्षण सम्झिँदा मेरो आँखामा आँसु आउँछ । किनभने मलाई थाहा छ, मेरा आमाबाबुबाट टाढा हुन कति गाह्रो छ । साथै, मेरो लागि सबैभन्दा खुसीको कुरा भनेको मेरो बुबाले मलाई स्वीकार्नु थियो।
मलाई सन् २०१६ मा भारतको प्रमुख पत्रिकाबाट मोडलको रूपमा पहिलो जागिर दिने प्रस्ताव आयो । त्यसपछि बिस्तारै अगाडि बढ्न थालेपछि सावधान इन्डियामा ट्रान्स वुमेन मोनाको प्रमुख भूमिका प्राप्त भयो । अगाडि बढ्दै गर्दा सन् २०१७ मा मिस ट्रान्सक्विन इन्डिया ब्यूटी पेजेन्टको बारेमा थाहा पाएँ । यो भारतको एक मात्र ट्रान्स-महिला सौन्दर्य प्रतियोगीता थियो, जुन पहिलो पटक गरिएको थियो। यो पेजेन्टमा भाग लिएपछि शीर्ष-५ प्रतियोगी भएँ । उनीहरूले मलाई मिस ट्रान्सक्विनको ब्रान्ड एम्बेसडर बनाए । विगत चार वर्षदेखि म यसको ब्रान्डिङ गर्दै आएकी छु । मेरो जीवन एकदमै संघर्षपूर्ण छ । म ट्रान्सजेण्डर हुँ, त्यसैले जब म समुदायमा आएँ, मलाई थाहा भयो कि यहाँ शिक्षाको ठूलो अभाव छ।
शरीरमा परिवर्तन भएपछि पहिलो पटक घर गएँ । त्यतिबेला धेरै मानिसहरू मलाई भेट्न आइरहेका थिए । गाउँमा जसरी नयाँ दुलही आउँछन् नि, त्यसरी नै उनीहरु हेर्न आउँथे । त्यतिबेला म हाँसिरहेकी थिएँ। कुनै समय थियो जब मानिसहरू मलाई भेट्न आउँदैन थिए । आज म स्त्री बनेर आएपछि मानिसहरू मलाई भेट्न आए। त्यो कुरा मलाई अलि अनौठो लाग्यो, तर यो ठिकै थियो । हो, मेरो अस्तित्व छ भनेर कम्तीमा पनि मानिसहरूले बुझेकोमा म खुसी थिएँ।
Discussion about this post