सुदुरपश्चिममा होली पर्व सुरु, कञ्चनपुरमा समेत होलीको रौनक वढ्यो

62
VIEWS

डिल्लीराज पन्त/कञ्चनपुर,
सुदूरपश्चिमका पहाडि जिल्ला सहित तराईमा पर्ने कञ्चनपुर, कैलालीमा मंगलवार देखि धुमधाम संग होली पर्व मनाईदै छ ।
पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा भने ४ दिन सम्म होली मनाईने गरीन्छ । फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन सम्म होली मनाउने गरिन्छ ।
रंगहरुको महान पर्व होली सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा हर्षौल्लासका साथ सुरु भएको छ। सामन्यतया २ दिन मात्रै मनाईने रंगहरुको पर्व होली कैलाली र कञ्चननपुर लगायत सुदुरपश्चिमका पहाडि समुदायमा भने ४ दिन सम्म भव्यताका होली पर्व मनाउन मंगलवार देखिनै सुरु भएको हो ।
t
पछिल्लो समय विभिन्न महिला समुह, संघ सस्था तथा युवा कमिटिहरु ले समेत आ–आफ्नै समुह वनाई गाउ गाउ र टोलहरुमा गई होली पर्व मनाउने भएकाले होली पर्वको कञ्चनपुरमा झनै रौनक बढेको छ ।
विगतमा सुदूरपश्चिमको पहाडि जिल्लाहरुमा धुमधाम संग मनाईने होली पर्व पछिल्लो समय पहाडि समुदाय तराईका कैलाली र कञ्चनपुरमा वसाई सराई गरे संगै तराईका जिल्लामा समेत समुह वनाई होली खेल्न थालिएको छ ।
परम्परागत रूपमा फागुन शुक्ल अष्टमीका दिनबाट हलहली अर्थात चिर (लिङ्गो) गाड्ने गरिन्छ भने एकादशीका दिन त्यसमा (अविर) चढाएपछि मात्रै होली खेल्न सुरु गरिन्छ । होली खेल्दा पुरुषहरू सेतो कपडामा सजिएर सामुहिक रूमा रङ खेल्दै गोलवद्ध भई विभिन्न देवि देवताका गाथा खाएर खेल्ने चलन रहदै आएको छ ।
खुसीयाली र उमंग मनाउन खेलिने होली पर्वमा महाभारत, रामायण लगायत धार्मिक ग्रन्थमा आधारित कथाहरू तथा विभिन्न देवी देवताका गाथा गाउदै होली मनाउने गरेको संस्कृति संरक्षक देवी भारती बताउनुहुन्छ ।
होली पर्वको सबैभन्दा रंगठूलो दिन फागु पूर्णिमामा रुपालीहरू एकअर्काको घरमा गएर होलीको टीका लगाउँदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन् । साथै अष्टमीका दिन गाडिएको चिरलाई फागु पूर्णिमाको राति जलाएर प्रसादस्वरूप त्यसको खरानीको टीका लगाउने प्रचलन छ । भगवान श्रीकृष्णको पाला देखीनै होलीकालाई अग्नी देवताले दहन गरी नास गरेको खुसियालीमा विजयउत्सव स्वरुप होली मनाईने समाजसेवी हरकेश विष्टले जानकारी दिनुभयो
होलीलाई विजय उत्सवका रूपमा मनाउने गरिएको भए पनी पछिल्ला केहि वर्ष यता भने पश्चिमी रितिरिवाज भित्रिदै गएका र जथाभावि लोला हाल्ने मदिरा सेवन गर्ने तथा ईच्छा विपरित रंग दल्ने प्रचलन ले होलि पर्वको मौलिकता हराउदै गएको समाजसेवी तथा स्थानिय संचारकर्मि खडक रावलले चिन्ता व्यक्त गरेका छन ।
होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाउने गरिन्छ । घरको सबै काम सकेर महिलाहरू पनि होलीमा सहभागी हुने गर्दछ् भने एक आपसमा गीत गाएर रमाइलो गर्ने चलन छ ।
होली पर्व जस्तै मौलिकता बोकेका पर्वहरुले धर्म–संस्कृति र रितिरिवाजको रक्षा तथा समाजिक सहिष्णुता कायम राख्ने भएकाले यस्ताखाले चाडपर्वलाई जगेर्ना गर्न र विविधताको पहिचान जोगाई राख्न पर्वको नाममा हुने अराजकता र उच्छृखंल गतिविधिलाई रोक्न सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार