दलित समुदायको समावेशीताका लागि दलित विद्यार्थी साझा मञ्चद्धारा विश्वविद्यालयलाई ज्ञापनपत्र

कञ्चनपुर,
दलित समुदायको समावेशीताका लागि दलित विद्यार्थी साझा मञ्चद्धारा सुदूरपश्चिम विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

विहिवार साझा मञ्चले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई ३ बुदे माग राख्दै ज्ञापनपत्र बुझाएको दलित विद्यार्थी साझा मञ्चका का.वा. अध्यक्ष तेजेन्द्र लुहारले जानकारी गराउनु भयो ।

उहाँका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय हुनुको गौरव हामीले जति गरे पनि श्रमजीवी दलित वर्गमाथि इतिहासको कुनै कालखण्डमा पनि न्याय हुन नसकेको तितो यथार्थले हाम्रो शिर झुकाएको छ नै । यो झन पीडादायी त तब हुन जान्छ जब यो अन्याय सभ्य युगमा आइपुग्दा समेत समाजको पवित्र मार्गदर्शकका रुपमा रहेको प्राज्ञिक संस्थाबाट हुन्छ ।
विश्वमा कैयौं विश्वविद्यालयहरूले समाजमा व्याप्त विभेद, असमानता, विषमता तथा दमन र उचनिच जस्ता सामाजिक विकृति र बेथिति उन्मुलन गर्नुका साथै समतामूलक र समानतामूलक समाजको निर्माणका लागि विभेदकारी राज्यसंरचनासमेत परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरी मार्गदर्शक बनेर संसारभर प्रसिद्ध प्रतिष्ठित बन्न पुगेका ज्वलन्त उदाहरण कैयाँ छन । यस्तो परिप्रेक्ष्यमा विभेदकारी संरचना नै भएको हाम्रो समाजमा आशाको केन्द्र विश्वविद्यालय नै रहेको अवस्थामा यस विश्वविद्यालयमा दलित शिक्षकको शून्यता हुनु, दलित कर्मचारी अपवादबाहेक केही नहुनु र विभिन्न संकायमा दलित थप छात्रवृती कोटा निर्धारण नगरिनुले समावेशी न्यायको सिद्धान्तको उपहास मात्र गरेको छैन, नेपालको संविधान २०७२ को धारा २४ छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा ४० दलितको हक तथा धारा ४२ सामाजिक न्यायको हकको ठाडो उल्लङ्घन गरेको बताए ।

यसरी यश विश्वविद्यालयले सदियौंदेखि उत्पीडित दलित वर्गको घाउमा न्यायरूपी मल्हम लगाएर उपचार गर्नुको सट्टा नुन खुर्सानी छर्केर घाउ झनै आलो मात्र बनाएको छैन, यस विश्वविद्यालयको स्थापनाका लागि दलित समुदायले गरेको सङ्घर्ष र भोगेको दुखकष्ट तथा पाएको यातनालाई भुसुक्क बिर्सेको छ । दलित समुदायको समावेशीताका विषयमा पूर्वउपकुलपति जयराज अवस्थीको कार्यकालमा ज्ञापनपत्रसमेत ध्यानाकर्षण गराउँदा हालसम्म कुनै माग सम्बोधन नगरी पूर्णरूपले उपेक्षा गरिनुले दलित वर्गलाई समाज र राज्यले हेर्ने पुरातनवादी अहमतावादी उपेक्षापूर्ण दृष्टिकोण भन्दा फरक मनोविज्ञान यस विश्वविद्यालयको रहेनछ भन्ने आभास दलित समुदायलाई हुनु केवल हाम्रा लागि मात्र दुर्भाग्यपूर्ण होइन, सिङ्गो सभ्य समाजलाई पनि हो । माग सम्बोधनको आशमा बसाँसम्म धैर्यताका साथ शालीन र सभ्यतापूर्वक प्रतीक्षारत हुनुलाई कमजोरीको रुपमा लिएकाले शीघ्रातिशीघ्र तपसिल बमोजिमका मागहरु सम्बोधन गर्न यस ज्ञापनपत्रका साथ ध्यानाकर्षण गराएको बताए ।

उनले थपे यी मागहरु सम्बोधन गर्न विगत जस्तै उपेक्षा गरेमा जस्तोसुकै सङ्घर्ष र आन्दोलन गर्न बाध्य हुनेछ र तत्पश्चातको परिस्थितिको परिणामको जवाफदेही विश्वविद्यालय नै हुने छ भन्ने जानकारी गराउदै यस्तो माग गरेका छन् । १. कर्मचारी तथा शिक्षक भर्नामा दलित समुदायको प्रतिनिधित्व समानुपातिक समावेसी तरिकाले गर्नुपर्ने । २. विद्यार्थी भर्नमा दलित विद्यार्थीहरुका लागि थप छात्रवृति कोटा निर्धारण गरिनु पर्ने । ३. विश्वविद्यालय छात्रवासमा दलित विद्यार्थीहरुलाई पहिलो प्राथमिकता गर्नु पर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित