बेलडाँडी,
इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरले उपभोक्तालाई व्यापक ठगी गरिरहेको छ ।
वेबसर्फर इन्टरनेट कम्पनीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा एकलौटी सेवा प्रवाहका कारण सेवाग्राहीहरुलाई महिनामा २० दिन भन्दा बढी प्राविधिक समस्या भन्दै इन्टरनेट सेवा प्रवाहमा ठगी गरिरहेको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा वेबसर्फर इन्टरनेट कम्पनी एक्लो हुनाले सेवाग्राहीहरुमाथी मनपरी गरिरहेको छ । यस क्षेत्रमा सुरुमा इन्टरनेट सेवा प्रदायक कम्पनी कनेक्ट नेपालले चलाखी गर्दै वेबसर्फर कम्पनी संग मर्ज भई इन्टरनेट सेवा थप गुणस्तरिय दिनुको साटो कसरी धेरै पैसा असुल्ने त्यता तिर कम्पनी अग्रसर भएको सेवाग्राही बताउछन् ।
यस क्षेत्रका अधिकांस सेवाग्राहीले ५० एमबीपीएस गतिकै सेवा लिएका छन् तर भने अनुसारको गति नभएको सेवाग्राहीहरुको गुनासो छ । अन्य बेला-बेलामा ल्याउने अफरमा समेत भनेअनुसारको सुविधान नभएको सेवाग्राहीहरु बताउछन् । उनीहरुका अनुसार यस क्षेत्रमा यो कम्पनीको एकलौटी राज हुनाले मनपरी गरिरहेको बताए ।
बेलडाँडीकी कमलागुर्धामीले पनि आफ्नो घरमा कनेक्ट नेपाल अर्थात वेबसर्फर इन्टरनेट जोडेकी छन् । उनले पनि ५० एमबीपीएस गतिकै सेवा लिएकी छन् । उनले भनिन्, “बच्चाबच्चीहरुको अनलाइन क्लास छ । ५० एमबीपीएस राम्रो संग चलिहाल्छ नि भनेका थिए तर गति कम हुनाले खाली घुमिराख्ने गरेको बताउछन् ।” यसरी उपभोक्तालाई ठगी गर्ने कम्पनीहरुलाई सरकार, स्थानीय सरकारले समेत कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
वेबसर्फ पुनर्वासकी कल रिसिभरलाई कल गर्दा प्राविधिक समस्या आएको बताइन । ५० एमबीपीएस भनेकोमा किन ५० एमबीपीएसमा चल्दैन भन्ने सवालमा वहाँले अहिले केहिदिन देखि नेटमा समस्या देखिएका कारण अहिले ५० भने ३० एमबीपीएसमा चल्ने गरेको स्वीकार गर्नु भयो ।
इन्टरनेट स्लो हुनु वा नचल्नु भनेकै कम्पनीले ग्राहक ठगेको हो
नेपालमा ईन्टरनेट सेवा दिने कम्पनीहरुले ग्राहक ठगीरहेको गुनासो बढ्दै गइरहेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)हरुले हरुले विभिन्न सुविधा र प्याकेजका नामम ग्राहक झुक्याउने काम गरिरहेका छन् । इन्टरनेट त जो कोहीले सजिलै उपयोग गर्छन्, तर त्यसभित्रको प्राविधिक विषय बुझ्न झन्झटिलो हुने भएकोले धेरैले वास्ता गर्दैनन् । यसैको फाइदा कम्पनीहरुले उठाउँछन् ।
धेरैजसो कम्पनीहरुले ग्राहकलाई डाटामै झुक्याउँछन् । इन्टरनेटको स्पिड वान एमबी, टुएमबी भनेर कम्पनीले ग्राहकलाई ब्रिफिङ गर्छन् । एमबीको अर्थ दुईवटा हुन्छ । कुन एमबी स्पिड ग्राहकले पाउने हो त्यो भने उनीहरुले खुलस्त पार्दैनन् । उनीहरुले एमबी मात्रै भन्छन् ।
मेगाबाइट र मेगाबिट्स
मेगाबाइट भन्नु र मेगाबिट्सभन्नुमा धेरै फरक हुन्छ । मेगाविट्स मेगाबाइटभन्दा आठ गुणा सानो हुन्छ । लेख्दा ‘स्मल लेटर’मा बी र ‘क्यापिटल लेटर’मा बी लेखिन्छ । ‘स्मल एमबी’लाई क्यापिटल एमबीजस्तै गरी कम्पनीहरुले ग्राहक आकर्षित गर्छन् । जागरुक उपभोक्ताले ‘एमबी’ भनेको के हो ? भनेर सोध्छन् । धेरैले सोध्दैनन् ।
इन्टरनेटमा टुएमबी स्पिड भनियो भने प्रतिसेकेन्ड टुएमबी डाउनलोड वा अपलोड हुनुपर्छ । कम्पनीहरुले दिने एमबी भनेको मेगाबिट्स हो । उनीहरुले मेगाबाइट झै अथ्र्याउँछन् । मेगाबाइट भन्दा मेगाबिट्स आठ गुणा सानो हुन्छ । मेगाविट्स इन्टरनेटको गति जनाउन प्रयोग हुन्छ, मेगाबाइट कुनै पनि कन्टेन्टको आकार जनाउन प्रयोग हुन्छ । यो भेद छुट्टयाउन नसक्नेहरु कम्पनीको दुइअर्थी भाषाको गोलमालमा फस्छन् ।
धेरै जसो ग्राहकहरुलाई कम्पनीले मेगाबाईट्स भनेर मेगाबिट्स दिन्छन । कम्पनीका प्रतिनिधिले ग्राहकहरुलाई अक्सर भन्ने गर्छन्, तपाईको इन्टरनेटको स्पीड यति हो उति हो । सोहीबमोजिम ग्राहकले शुल्क तिर्छन् । तर इन्टरनेटको गति सुस्त नै हुन्छ । जब सम्बन्धित कम्पनीसँग ग्राहकले गुनासो गर्छन् त्यो बेला पनि उनीहरुले यसो गर्नुस उसो गर्नुस भन्दै अल्मल्याउँछन् । स्पीडबारे स्पष्ट जानकारी दिने प्रयास नै गर्दैनन् ।
Discussion about this post