धनबहादुर बिक/पुनर्वास –
नेपाल मा सबै खाले विभेद अन्त्यका लागि जात व्यवस्था बिरूद्ध क्रान्ति गर्न आवस्यक रहेको चर्चित राजनितीकर्मि तथा राजनिती विश्लेषक बिस्वभक्त दुलाल ( आहुती ) ले बताएका छन ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल का महासचिव समेत रहेका आहुतिले शनिबार पुनर्वास मा आयोजना गरिएको बृहत भेलाका अवसरमा सो कुरा बताएका हुन ।
नेपाल मा पुँजीवादी व्यवस्था ले गर्दा नै विभेद र जात व्यवस्था बलियो हुँदै गएको र अहिलेको सरकार पुँजीवादी सरकार भएको समेत आहुतिले आरोप लगाउनुभयो ।
कलकारखाना उधोग बन्द गर्ने भएको उधोगलाई पनि विभिन्न परिबन्धमा पारि बन्द हुन बाध्य पार्ने अनि ९५ प्रतिशत आवस्यक सामान बिदेश बाट आयात गर्ने नितिले दलाल पुँजीवाद हावि हुँदै आएको र गरिब मजदुर , दलित विपन्न झन झन गरिबीको खाडलमा धसिदै जाने अवस्था सरकारले सृजना गरेको आहुतिले बताए ।
मानिसले आफ्नो दैनिक जिबन यापन गर्न ठूलो श्रमको मुल्य चुकाएर दिनको १८ घण्टा काममा जोतिएर मात्र दुई छाक टार्न सकेका छन्, मानिस मानिसबीच बिभेद हुने गरेको छ भने गरिब र धनि व्यक्ति बिचको खाडल पनि झन गहिरो भएर जान थालेको छ । वर्तमान समयमा आएर आफूलाई कम्युनिस्ट नाम दिएर सर्वहारा वर्गको प्रतिनिधि बनेर जनताको चाहना विपरित काम गरिरहेका छन् ।
पहिलाको पुँजीवाद अहिले दलाल पुँजीवाद भएको छ। दलाल पुँजीवादको बारेमा परीक्षण गर्दा, धनी दिनप्रतिदिन झन धनी भइरहेको र गरिब दिनप्रतिदिन गरिब भएको अवस्था प्रष्ट भएको महासचिव आहुतिले जोड दिए ।
समाजमा आर्थिक रूपमा पछाडि पारिएका तथा पिँधमा रहेका दलित शोषित पिडित बर्गको आर्थिक स्तरमा सुधार ल्याउन स्वदेश मै रोजगारीको वातावरण सृजना गर्न वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको मुल लक्ष्य रहेको पनि आहुतिले स्पष्ट पारे ।
नेपाल मा जात व्यवस्था संगै शिक्षा ,स्वास्थ्य , रोजगार , धनिगरिब , धर्म संस्कृति सबै क्षेत्रमा राजनिती भएको टिप्पणी गर्दै अब नेपाल मा पहिलो वर्ग संघर्ष र त्यसपछि जात व्यवस्था बिरूद्ध क्रान्ति गर्नुपर्ने अत्यावश्यक रहेको उनले भने ।
वर्ग संघर्षको लडाइँ लड्न र जात व्यवस्था बिरूद्ध क्रान्ति गर्न पिडित आफै अघि बढ्नुपर्ने आहुति ले जोड दिए ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुर ले आयोजना गरेको कार्यक्रममा गगन सुनारको संयोजकत्वमा १७ सदस्यीय जिल्ला कमिटी समेत गठन गरिएको थियो भने कार्यक्रम को सञ्चालन पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य दलबहादुर ओखेडाले गरेका थिए ।
Discussion about this post