बेलौरी पुनर्वास क्षेत्रमा बाघको आतंक बढे पछि सम्बन्धित निकाय सचेत गराउदै, बेलडाँडीमा दैनिक खसीबाख्रा खादा समेत सम्वन्धित निकाय मौन

बेलौरी,
भारतसँग जोडिएको बेलौरी पुनर्वास क्षेत्रमा बाघको आतंक मच्चिए पछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरले बाघबाट बच्न सचेत गराउन थालेको छ भने बेलडाँडीमा बर्षौ देखि दैनिक बाघ चितुवाले खसीबाख्रा खादा समेत सम्वन्धित निकाय मौन देखिन्छ ।

सव डिभिजन वन कार्यालयको नेतृत्वमा बन कर्मचारीहरुसँगै सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरुको टोलीले सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै आम नागरिकलाई सचेत पार्न खटिएको वन कार्यालयले जनाएको छ ।

बाघले नेपाल भारत सीमा क्षेत्रमै ओहोरदोहोर गर्ने गरिरहेको हुँदा सतर्कता अपनाउन सब डिभिजन वन कार्यालयले सार्वजनिक आह्वान गरेको कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख, सहायक बन अधिकृत दिनेश कुमार यादवले जानकारी गराउनु भयो ।

उहाँका अनुसार खेतबारीमा पानी जमेको केही ठाउँमा बाघले हिँडेको छाप समेत देखिएकोले खेतीपाती गर्ने कृषक तथा उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने नागरिकहरुलाई थप सचेत रहन अनुरोध गुर्न भयो ।

चैत १० गतेका दिन भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो । भने हिजो १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा बाघको आतंक फैलिएको हो ।

यस्तै बषौं पहिला देखि बेलडाँडीमा बाघले घरपालुवा गाईबस्तु, खसीबाख्रा खोरमै आएर खानथाल्दा समेत यस क्षेत्रमा काम गर्ने उपभोक्ता समितिले किसानको पक्षमा खासै काम गर्न नसेको स्थानीयको गुनासो छ । बेलडाँडी जंगल किसानरको क्षेत्रमा जंगली जनावरले दैनिक खासीबाख्रा खादा, बर्ष भरी मेहिनत गरेर लगाएको खेती सखाप पार्दा समेत उनीहरुले उचित क्षतिपुर्ति पाइराखेका छैनन् । मध्यवर्ती क्षेत्र अन्तर्गत बेलडाँडीमा दुई वटा उपभोक्ता समिति छन् ती समितिले बन्यजन्तुको संरक्षण र किसानको बालीनालीको संरक्षणका लागि खासै पहल गर्न सकेका छैनन् ।

रातको समयमा बस्ती पस्ने बाघ चितुवा नियन्त्रणका लागि अहिले सम्म कुनै पहल हुन सकेको छैन् । निकुञ्जको नियमानुसार ऐलानी जमिनमा लगाएको खेतीबालीमा जंगली जनावरले नोक्सान पुर्याए कुनै क्षतिपुर्ति नपाईने प्रावधान छ । तर निकुञ्ज किनार अधिकांस ऐलानी जमिन रहेको छ । स्थानीयका अनुसार निकुञ्ज बाट बन्यजन्तु संरक्षणका लागि आउने बजेटबाट समितिले सान्तोना क्षतिपुर्ति दिने व्यवस्था मिलाई दिए पनि राम्रो हुने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित