बेलडाँडी,
विभिन्न चांडपर्वहरु मध्येको एक महत्वपूर्ण चाड विषु पर्व सुदूरपश्चिममा धुमधामका साथ मनाईदैछ । नयाँ वर्षको स्वागत संगै सुदुरपश्चिमबासी बिसु पर्वको तयारिमा जुटेका छन ।
यस्तै विषु पर्वको अवसरमा बेलडाँडी गाउँपालिकाको वडा नं.३ खैरिघाटमा खप्तड युवा क्लबले विगतका बर्षहरुबाट विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यस बर्षपनि क्लबले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आज खैरिघाटको सिद्धनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा भब्य कार्यक्रम गरि मेला मनाइन थालेको छ ।
के हो विषु पर्व
आज विहानै देखी नवाईधुवाई घरआगन सफा राखि वर्षको पहिलो दिन बैशाख एक गतेलाई सुदुरपश्चिबासीहरुले बिसु पर्वका रुपमा मनाउने गर्दछन ।
आजका दिन सुदूरपश्चिममा सिस्नु पानी छर्केर शुभकामना आदान प्रदान गर्ने चलन निकै प्रचलीत छ । फरक फरक समाज अनुसार विषु पर्व आ आफ्नो तरिकाले मनाउने चलन रहेको छ । कहि कतै विषु संक्रान्तिका दिन वीस गाग्री पानीले वा नदिमा गइ वीस पटक डुवुल्की मारेमा रोग व्याधि हट्ने विश्वास लिइन्छ ।
दोष काट्नका लागि विषु पर्वमा साली भिना, देवरभाउजु, साथी संगी विच भिजाएको सिस्नो लगाइने गरिन्छ । वैतडी, डोटी, अछाम, डडेल्धुरा, वाजुरा, दार्चुलामा सामुहिक रुपमा सिस्नो लगाउछन् ।
युवा पुस्ताका केटाकेटी रमाइलो गर्ने हेतुले सिस्नो पानी छर्केर शरिरमा उत्तजना आउछ र नया वर्षका लागि शत्ति पाइन्छ भनेर सिस्नो पानी लगाउछन् ।
पहाडी जिल्लाका ग्रामिण भेगमा यो चलन वढी हुन्छ । कसैले हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिक कालदेखि नै यो पर्व मनाउने गरिएको भन्ने गर्छन भने कसैले सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती रहेको छ ।
मिठो खानेपरिकार पकाएर आफन्तहरुलाई वोलाएर खुवाएर पनि अधिकांसले विषु पर्व मनाउंदछन् ।
यो पर्वमा खासगरी सेल, माणा, खीर लगायतका स्थानीय खानाका मिठा परिकार खाने प्रचलन छ । पुरानो पुस्ताले सिस्नो पानी छर्कने, स्नान गर्ने, नया पहिरन लगाउने चलन गर्दै आएको भएपनि अहिलेको युवा पुस्तावाट भने यो लोप हुदै गएको छ ।
अहिले सिस्नो लगाउनुको साटो मोवाइलमा एसएमएस तथा फोन मार्फत दिइने शुभकामना आदान प्रदानले विषु पर्वको मौलिकता हराउदै गएको छ ।
Discussion about this post