सुदूरपश्चिमसहित देशभरी आजबाट ‘खोप सप्ताह’ शुरु

सुदूरपश्चिम सहित देशभरी आजदेखि ‘खोप सप्ताह’ शुरु भएको छ । स्वास्थ्य निर्देशनालय, स्थानीय तहको स्वास्थ्य शाखा लगायतको आयोजनामा सप्ताह शुरु भएको हो ।

सप्ताहअन्र्तगत विभिन्न सचेतनामुलक कार्यक्रम, अभिमुखीकरण, छलफल लगायतका कार्यक्रम गरिने जनाईएको छ । सप्ताहकै पूर्वसन्ध्यामा सञ्चारकर्मीहरुसंग निर्देशनालयले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले पछिल्लो समय खोपको पहुँचबाहिर रहने बालबालिकाको संख्या बढ्दै ग् बताए ।

उनले खोप सप्ताहले बाहिर रहेका बालबालिकालाई पहुँचमा ल्याउन मद्दत पुग्ने बताए । उनले स्थानीय तहका वडामै अहिले घरधुरी सर्वेक्षण तथा पहिचान कार्यक्रम भइरहेको बताए ।

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि।सं २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो ।

भने ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ ।

नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तरअझै पनि ४ प्रतिशत बालबालिका खोप पाउन सकेका छैनन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट वञ्चित छन्

भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको तथ्यांकले देखाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित