बेलडाँडी,
कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडीको चवन्नी बजार चर्चित स्थानीय बजार हो । बेलडाँडी सहित बेलौरी नगरका स्थानीय उपभोक्ताको दैनिक उपभोग्य सहितका समान किनमेलको चवन्नी बजारमा पछिल्ला दिनमा नयाँ उद्यमी थपिरहेका छन ।
डेढ दशक अघि स्वदेशमा रोजगारी नपाएपछि विदेशीएका बेलडाँडी गाँउपालिका १ थापाटोलका युवा चन्द्रसिह थापा अहिले चवन्नी बजारमा कपडा व्यवसायीमा जुटेका छन ।
थापाले विदेशमा सिकेको सिप र लगानीलाई गाँउमै सदुपयोग गरिरहेका छन । थापाले विदेशबाट कमाए सहित गरेर २ करोड लगानीमा गारर्मेन्ट उद्योग खोलेका छन ।
एक दशक दक्षिण कोरिया बैदेशिक रोजगारीमा रहेका थापा अहिले गाँउमै कपडा उद्योग खोलेर व्यवसायीमा जुटेका हुन । थापाले चन्द्ररेखा ईन्टरपाईजेज प्रालि मार्फत कपडा उत्पादन गर्दै आएका छन ।
५० बर्षिया थापाले विदेशमा सीकेको अनुभव र स्वदेशमै केही उद्यम गर्नुपर्ने विचारका साथ विदेशमा कमाएको लगानी स्वदेशमा सदुपयोग गरिरहेका छन । थापा आफै, उनकी धर्मपत्नी सहितले उद्योगमा काम गर्दै आएका छन । थापाले बैदेशिक यात्रापछि बाँकी जिवन स्वदेशमै उद्योग व्यवसाय गरेर आफ्नो पहिचान, स्थानीय युवालाई स्वदेशमै रोजगारी दिने प्रण गरेका छन ।
०६५ देखि ०७५ सम्म दक्षिणी कोरिया पानी जहाज, कपडा उद्योगका काम गरेका थापा अब आफ्नै मातृभूमिमा उद्यम गरिरहेका हुन ।
उद्योग मार्फत विद्यालय, सरकारी कार्यालय, संस्थान सहित सार्वजनिक क्षेत्रका लागि आवश्यक तयारीपोषाक उत्पादन गर्दै आएका छन । थापा गाँउमै चार बर्षदेखि कपडा उद्योग व्यवसायी गरिरहेका छन ।
‘म विदेशबाट फर्किए लगत्तै स्वदेशमै केही गर्नुपर्छ, भन्ने योजनाका साथ काम गरिरहेको छु, ‘उनले भने, ‘उद्योगबाट केही रोजगारीका कार्यक्रम समेत स्वदेशमै दिन सकिन्छ, भन्ने मेरो योजना छन ।’
धनगढी, दिल्ली र काठमाण्डौँबाट कच्चा पदार्थ ल्याएर अर्डर र बिना अर्डर तयारी पोषाक उत्पादन हुन्छन । गारर्मेन्टमा विद्युतबाट चल्ने मेसिन भएकाले अनियमित विद्युतका कारण समस्या भईरहेको थापाको अनुभव छ । ‘गर्मीदेखि बर्खायामसम्म हावाहुरी पानी गर्दा विद्युत अवरुद्ध हुन्छ, ‘उनले भने, ‘विद्युत अवरुद्ध हुँदा उद्योगको कामै ठप्प हुन्छ ।’
उद्योगबाट उत्पादित कपडा स्थानीय सहित सुप प्रदेशका विभिन्न जिल्लाका बजार आपूर्ति हुन्छन । बजारको माग अनुरुप कपडा उत्पादन गर्न समस्या भईरहेको बताए ।
‘कोरोना महामारीले उद्योग व्यवसायी क्षेत्र नै धरासायी बनायो, ‘उनले भने, ‘कच्चा पदार्थ, विद्युतको समस्याले माग अनुरुप कपडा आपूर्ति गर्न सकिएको छैन ।’
उद्योगमा नियमित तथा आनशिक कामदार छन उक्त उद्योगमा प्रत्यक्ष १५/१६ युवाले रोजगारी पाएका छन । कुनै उद्योग वा कर्पोरेड हाउसमा रोजगारी गर्नुभन्दा आफ्नै उद्योग स्थापना गरेर थुप्रै युवालाई रोजगारी दिन सकिने भएकाले विदेशको कमाई तथा स्वदेशमा रहेका केही चलअचल सम्पत्ती धितो राखेर उद्योग संचालन गरेको थापाले बताए ।
‘पैशा कमाउन र कामका लागि कुनैपनि विदेश जान र भौतारिनु नपरोस, ‘उनले भने, ‘विदेशका हामीले भने सोचे अनुरुपको सुख छैन, सकिन्छ, भने स्वदेशकै केही पौरख गर्नुपर्छ ।’
पछिल्ला बर्षहरुमा बेलडाँडीका स्थानीय युवाका लागि कोरिया सहितका अन्य मुलुक रोजगारीका गन्तव्य बनिरहेका बेला थापाले विदेशका सिकेको सीप, लगानीलाई आफ्नै मातृभूमिका लगाएर बस्तु तथा सेवा उत्पादन गरेर गाँउघरमुलुक सम्बृद्धि बनाउन भूमिका निर्वाहमा जोडदिएका छन ।
Discussion about this post