बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ र शुक्लाफाँटा निकुञ्जसंगै रहेको एक ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्र्बद्धनको अभावका कारण ताल घाँसे मैदानमा परिणत हुदै गएको छ ।
राज्यले बेवास्ता गर्दा तालको चारैतिरबाट घाँसले भरिभराउ हुन थालेपछि ताल अहिले घाँसे मैदानमा परिणत हुदै गएको छ । गाउँपालिकाले बारम्बार ताकेता गरेपनि माथिल्लो निकायले ध्यान नदिइदिदा उक्त तालको अस्थित्व धरापमा पर्दै गएको छ । प्राचिनकालमा सिहपाल राजाले शासन गरेको पालादेखि ताल अस्थ्त्विमा आएपनि हाल तालको संरक्षण हुन सकेको छैन् ।
ताल जैविक विविधताले भरिभराउ भए पनि ताल संरक्षणमा केन्द्र सरकारले वास्ता नगरिदिदा ताल घाँसेमैदानका रुपमा परिणत हुन थालेको छ । तालको चारै तिर बाट उचित पानीको निकास र तालको सरसफाई नभएका कारण ताल पुरिदै र घाँसे मैदान बन्न लागेको हो । झण्डै ५ वर्ग किलोमिटर रहेको उक्त तालमा विभिन्न प्रकारका स्थानिय माछाका प्रजातिहरु, गोही, अजगर,जलचर प्राणी, हाँस, चखेवा लगायत हिँउदमा पाईने शारस चराहरु पाईने गरेका छन ।
तालको मुख्य विशेषता भनेको संरक्षित चरा मध्येकै एक जोडी शारस प्रजाती चरा समेत पाईन्छ । विभिन्न जंगली जनावरका लागी पानी पिउन र पानीमा पाईने प्रजातिका लागी उचित बासस्थानको व्यवस्था भएको तालको सफाई हुन नसक्दा पनि जैविक विविधता संरक्षण हुन सकेको छैन् । जैविक विविधता संरक्षण, पर्यटकिय हिसाबले रमणिय र अध्ययन अनुसन्धानका दृष्ट्रिकोणले उचित रहेको ताल संरक्षण गर्नुपर्ने स्थानियहरुको माग छ । तालको संरक्षण गरि प्रचार प्रचार गर्न नसक्दा पनि ताल ओझेलमा परेको छ । ताल संरक्षण हुन सके उक्त क्षेत्रमा पर्यटकहरुको समेत ओईरो लाग्ने छ ।
तालको नाम कसरी रहयो कालिकिच
उचित संरक्षण र सम्बद्र्धनको अभावका कारण ओझेलमा रहेको कालिकिच तालको नाम कालिकिच नामाकरण बारे सो ताल बारे जानकार राख्ने बेलडाँडी गाउँपालिका २ क्याम्पसका स्थानीय ६५ बर्षियबृद्ध देवदत्त भट्टले प्राचिन समयमा सिंहपाल राजाले शासन गरेका बेला सो क्षेत्रका स्थानिय आदिवासी थारु समुदायहरुको चौपाया चराउने जंगल शुक्लाफाँटा थियो । थारु समुदायका गोठालाहरुले पशु चौपायाहरुलाई पानी खुनाउन कालिकिचमा लग्थे । यहाँ सानो पानी फुटने मुहान थियो । मुहानमा थारु समुदायहरुले गोरु, पशुलाई पानी खुवाउन लग्थे । पछि विस्तारै पानीको मुहान फुट्यो र ठुलो हुँदै गयो ।
पानीको निकास भएन् । कालोमाटो भएकाले पानी कालो देखिन थाल्यो । त्यहीपानी भएको ठाँउबाट चौपायाहरु ओहोर दोहोर गर्न थाले । सो ठाँउमा दलदल भयो । थारु भाषामा कालो पानीलाई काली र दलदललाई किच भनियो । त्यसपछि यो तालको नाउ कालिकिच रहयो । पोखरी जस्तै पानी फैलिएका कारण कालिकिच ताल नामाकरण गरिएको हो ।
स्थानिय जानकार भट्टका अनुसार सिहपाल राजाका पालामा उक्त कालिकिच तालको विचमा मन्दिर पनि थियो । राजाले सिकार गर्न जाने बेला मन्दिरमा पुजा गरेर जान्थे । ताल पुरिदै गएपछि उक्त मन्दिर समेत पुरिएको अनुमान गरिएको छ । तालकै छेउमै घर रहेका स्थानिय भट्टले कहिले काहि तालको विच भागमा रातो बत्ति बलेको देख्ने गरेको समेत बताए । गोधुली साँझपख, चाडवाँडका बेला तालको विचमा आफुले हरियो बत्ति बलेको देखेको समेत बताए ।
तालको ऐतिहासिक हिसाबले महत्व मात्र नभई दैविक शक्तिपिठ रहेको समेत उहाँको दावि छ । धार्मिक, साँस्कृतिक, पर्यटकिय हिसाबले समेत ताल संरक्षण गनुपर्ने आवश्यक रहेको तालबारे जानकार राख्ने स्थानिय भट्टको भनाई छ ।
कालिकित ताल संरक्षण र सम्र्बद्धनका लागि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले पर्यटन मन्त्रालयमा जोडदार माग राखेका थिए । तत्कालिन पर्यटन मन्त्रीले कालिकिच तालका लागि बजेट व्यवस्थापन गर्ने आसवासन दिएका थिए । सो तालको डिपिआर तयार भएको छ डिपीआर अनुसार काम गर्ने हो भने बेलडाँडी समृद्धका लागि पहिलो खुटकिला बन्ने थियो ।
यस क्षेत्रका संघिय संसद तारालामा तामाङ र प्रदेश सांसद दिवान सिंह बिष्टले तालको विषयमा गम्भिर भइदिने हो भने तालको संरक्षणमा टेवा पुग्ने स्थानीयहरुको बुझाई छ ।
Discussion about this post