एमाले कञ्चनपुरका नयाँ इन्चार्ज रानालाई स्वागत, असार ९ गते जिल्ला कमिटी बैठक बस्ने

88
VIEWS

कञ्चनपुर,

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टी केन्द्रको निर्णयअनुसार नयाँ जिल्ला इन्चार्ज भएर आएका पोलिटब्युरो सदस्य नारदमुनि रानालाई पार्टी कार्यालयमा स्वागत गरेको छ ।

आइतवार बसेको जिल्ला पदाधिकारी बैठकमा इन्चार्ज रानालाई स्वागत गरिएको हो । बैठकमा निवर्तमान जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य निरुदेवी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायत पदाधिकारीले स्वागत गरेका हुन् ।

पदाधिकारी बैठकले असार ९ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले पार्टीको नयाँ अभियानका सन्दर्भमा कार्ययोजना र कार्यविभाजन गर्ने जिल्ला सचिव पल्लबराज भट्टले जानकारी दिए ।

नेकपा एमालेले चालू वर्ष २०८० सालमा सदस्यता विस्तार, नवीकरण, जनसंगठन परिचालन, पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा अधिवेशनलाई योजनाबद्ध र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । कञ्चनपुरमा जिल्ला कमिटी बैठकसँग नयाँ अभियान सुरू हुनेछ ।

बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य नरबहादुर धामी र कृपाराम राना समेतको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार