कैलाली जिल्ला अदालतले एक वर्षमा एक हजार ९७९ मुद्दा फर्छ्यौट

 कैलाली:

कैलाली जिल्ला अदालतले एक वर्षमा एक हजार ९७९ मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा नयाँ दर्ता भएको र जिम्मेवारी सरेको गरी जम्मा तीन हजार ५९१ मुद्दा भयका थिय ।

 

अदालतका पदाधिकारीले दिएको जानकारी अनुसार एक हजार ६१२ मुद्दा फर्छ्यौट हुन सकेन । त्यसको जिम्मेवारी चालु आर्थिक वर्षमा सरेको छ । नयाँ दर्ता भएको दुई हजार २०१ र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको पुरानो एक हजार ३९० मुद्दा गरेर गत आर्थिक वर्षमा साढे तीन हजार बढी मुद्दा अदालतमा रहेको थियो ।

त्यसमध्ये आधाभन्दा बढी मुद्दा फर्छ्यौट भएको जिल्ला न्यायाधीश ओमप्रकाश अर्यालले जानकारी दिए । उहाँका अनुसार अदालतले सम्बन्धविच्छेदका ४७९ मुद्दा फर्छ्यौट गरेको छन । यो शीर्षकमा ६९३ मुद्दा परेको थियो ।

 

यसैगरी, अंशबन्डाको १४२, धर्मपुत्री कायमको दुई र आमाबुबा कायमको एक मुद्दा फर्छ्यौट भएको छ । अदालतमा अंशबन्डाको ४३१ मुद्दा परेको थियो ।यसैगरी, पारिवारिक विवाद अन्तर्गतका ६२३ मुद्दा फर्छ्यौट गरिएको छ । अपुतालीको एकसहित पारिवारिक विवाद अन्तर्गत एक हजार १२८ मुद्दा परेको अदालतले जनाएको छ ।

 

जग्गासम्बन्धी १३१, लेनदेन १९५, लिखित बदर ११९ गरेर सम्पत्तिसम्बन्धी ४४५ मुद्दा परेकोमा २२३ मुद्दा फर्छ्यौट भएको बताइृएको छ । भने २२२ मुद्दा बाँकी रहेको छ ।

करार तथा दायित्व अन्तर्गत ३९ मुद्दा दर्ता भएकोमा ११ वटा फर्छ्यौट गरिएको छ । भूमिसम्बन्धी मोहीको चार, मिलापत्र बदर पाँच, फैसला बदरसम्बन्धी छ वटा मुद्दा दर्ता भएको थियो ।

यस्तै, हातहतियार खरखजानाको १३, विष्फोटक पदार्थसम्बन्धी कसुरको तीन, भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर अन्तर्गत दुई वटा मुद्दा भएको थियो ।

करणीसम्बन्धी कसुरमा १९७, हाडनाता करणीका ६, जबरजस्ती करणी उद्योगमा ७९, बालयौन दुरुपयोगका २१ गरेर ३०३ मुद्दा दर्ता भएको थियो । जसमध्ये ११७ वटा फर्छ्यौट गरिएको छ ।

यसैगरी, विवाहसम्बन्धी कसुरमा ७० मुद्दा परेकोमा ४१ वटा फर्छ्यौट भएको अदालतको भनाइ छ । २९ मुद्दा अझै बाँकी रहेको जनाइएको छ । विवाहसम्बन्धी कसुरमा बहुविवाह सम्बन्धी ६७ र बालविवाहसम्बन्धी तीन वटा मुद्दा अदालतमा परेको थियो ।

ज्यानसम्बन्धी कसुर अन्तर्गत १११ मुद्दा दर्ता भएकोमा ५७ मुद्दा फर्छ्यौट भएको अदालतले जानकारी दिएको छ । ५४ मुद्दा अझै बाँकी रहेको छ । ज्यानसम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यानको २४, गर्भपतनको एक, ज्यान मार्ने उद्योगमा ६३ र आत्महत्या दुरुत्साहनमा २३ वटा मुद्दा परेको थियो ।

यसैगरी, अपहरणसम्बन्धी कसुरमा तीन मुद्दा दर्ता भएकोमा सबै फर्छ्यौट भएको अदालतले जनाएको छ । चोरी तथा डाँका कसुरअन्तर्गत साधारण चोरीको १५४, डाँकी चोरी सात र अन्य १६ समेत गरेर १७७ मुद्दा परेकोमा १२४ वटा फर्छ्यौट भएको जनाइएको छ । ५३ मुद्दा अझै बाँकी छ ।पशुपन्छीसम्बन्धी कसुरमा १५० मुद्दा दर्ता भएकोमा २५ वटा फर्छ्यौट भएको जनाइएको छ ।

यसैगरी, मानव बेचबिखनसम्बन्धी १६, लागुऔषधसम्बन्धी कसुर अन्तर्गत लागुऔषध हिरोइन ३५६, गाँजा, चरेस ४८ र अन्य १९ वटा मुद्दा दर्ता भएको थियो ।सवारी ज्यान वा अङ्गभङ्ग वा घाइते भएको कसुरका ९३, वन्यजन्तु कसुरका ७१, आगो लगाएको सम्बन्धी एक र सङ्गठित अपराधसम्बन्धी दुई वटा मुद्दा दर्ता भएको थियो ।

कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसुरका ११, किर्तेका १९, जालसाजीका १५२, लुटपाटका सात, गाली बेइज्जतीसम्बन्धी कसुरका २४, करकापका दुई मुद्दा दर्ता भएको थियो । यसैगरी, गत आर्थिक वर्षमा चेक अनादरका ४०८ मुद्दा दर्ता भएको थियो ।

एक आर्थिक वर्षभरि दर्ता भएकामध्ये एक हजार ६१२ मुद्दा फर्छ्यौट हुन नसकी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको न्यायाधीश अर्यालले जानकारी दिईएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित