बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा रहेको दलदल जमिन पुर्नरुत्पादनका लागि खाद्य अधिकार सञ्जालले पहल गर्ने भएको छ । बेलडाँडी गाँउपालिका १ देखि ५ वटै वडाहरुमा रहेको हजारौँ विगाह जमिन दलदल जमिन जमिन पुर्नरुत्पादनका लागि खाद्य अधिकार सञ्जाल कञ्चनपुरले पहल गर्ने भएको हो ।
स्थानीय खाद्य अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष प्रभुनिधी पन्तले दलदलमा परिणत भएको बेलडाँडीको जमिन पुर्नरुत्पादनका लागि सम्बन्धीत निकायसंग सो विषयमा छलफल चलाउने निर्णय भएको बताए । बेलडाँडीको खेतीयोग्य जमिन चौधर नदी, झर्नाखोला र महाकाली सिँचाईका कारण बाँझै भएकाले किसानक खाद्य अधिकार बञ्चित भएकाले किसानलाई खाद्य अधिकार सुनिश्चिता गराउनका लागि पहल गर्ने बताए ।
डेढ दशकदेखि बेलडाँडीको हजारौँ विगाह जमिन दलदलमा परिणत भएसंगै बाँझै रहेको छ । जमिन पुर्नरुत्पादनका लागि सरकारी निकायसंग स्थानीयले घचघच्याउँदा समेत कुनै पहल भएको छैन । उक्त विषयमा संचार माध्यममा समाचार प्रकासितभएसंगै खाद्य अधिकारका क्षेत्रमा कार्यरत खाद्य अधिकार सञ्जालले सरकारी निकायलाई यस विषयमा अवगत गराउने भएको छ । फियान नेपालका प्रतिनिधी मुुकुन्द बहादुर रानाले बेलडाँडीमा दलदल जमिन खेतीयोग्य बनाउने विषयमा सरोकारवाला पक्षसंग छलफल गरेर अघि बढ्ने बताए । जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरका संयोजक कोमल निरन्जन भाटले वास्तविक रुपमा नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि बेलडाँडीको दलदल जमिन खेतियोग्य बनाउनुको विकल्प नभएको बताए ।
यस्तै खाद्य संञ्जालले नागरिकको खाद्य अधिकार सुनिश्चित गराउनका लागि तत्तकाल बजार अनुगमन समिति गठन गर्ने, खाद्य तथा पोषण सुरक्षा रणनीति योजना बनाउन पालिकासंग पहल गर्ने र खाद्य अधिकार ऐन ०७५ अनुसार स्थानीय समन्वय समिति गठन गर्ने र कञ्चनपुरका आम नागरिकलाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने विषयमा पहल गर्ने निर्णय गरिएका छन । बेलडाँडीका स्थानीयले कृषि उत्पादन क्षेत्रलाई पुर्नत्पादन योजनाबाट कमिसन नपाउने भएपछि कृषिर्संग सम्बन्धीत कर्मचारी कार्यालयले योजना हाल्न आनाकानी गरिरहेको गुनासो गर्दै आएका छन । उक्त विषयमा अब जनप्रतिनिधीले समेत अग्रसरता देखाउनुपर्ने स्थानीयको माग छ ।
बेलडाँडीका जनप्रतिनिधीले दलदल जमिन खेतीयोग्य बनाउनका लागि गुरु योजना निर्माण गरेर अघि बढ्ने संकल्प गरेका छन । झण्डै १६ बर्षदेखि बाँझै रहेको जमिनमा खेती नहुँदा किसान मात्रै होईन सिङ्गो राष्ट्रिय उत्पादनमा समेत ह्रास भईरहेको छ । उक्त जमिन खेतीयोग्यमा परिणत भएसंगै कृषि उत्पादनमा बृद्धि भई आर्थिक सम्बृद्धिका लागि टेवा पुग्ने आर्थिक विज्ञहरुको भनाई छ ।
Discussion about this post