कुतियाकबरमा सुरक्षित घर निर्माण गरिदै

कञ्चनपुर, ३१ साउन । महाकाली र जगबुढा नदीको मिलन बिन्दु कञ्चनपुरको सीमावर्ती कुतियाकबर गाँउमा सुरक्षित घर (सेफ हाउस) निर्माण गरिन लागिएको छ ।

विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिका १० कुतियाकबरमा सुरक्षित घर निर्माण गरिन लागिएको हो ।
दोधाराचाँदनी नगरपालिका सहित, निड्स नेपाल एनएनएसडब्लूएले वाढी विप्दका बेला स्थानीयलाई बस्नका लागि पक्की सुरक्षित हाउस निर्माण गर्न लागेको छ ।

दोधाराचाँदनी नगरका विपद् सम्पर्क व्यक्ति रघुनाथ भट्टले पालिका सहित निड्स नेपाल एनएनएसडब्लूएले संयुक्त लगानीमा सुरक्षित घर निर्माण गर्न लागिएको बताए ।
निड्स नेपालले समुदायको वाढी उत्थानशिलता मापन परियोजना(एफआरएमसी) परियोजना मार्फत दुई तले पक्की भवन निर्माण गर्न लागेको जनाईएको छ ।

निड्स नेपाल (एफआरएमसी) परियोजना कार्यक्रम संयोजक नविन भण्डारीले महाकाली र जगबुढा नदीको उच्च जोखिममा रहेको बस्ती सुरक्षित पार्नका लागि सुरक्षित घर (सेफ हाउस) निर्माण गरिन लागिएको बताए ।

साउन तेस्रो सातासम्म सेफहाउसको फाउण्डेशन निर्माण गरिएको छ । विपद्का बेला नागरिकलाई बाँच्न र महत्वपूर्ण समान राख्नका लागि भवन निर्माण गर्न लागिएको
(एफआरएमसी) परियोजना कार्यक्रम संयोजक भण्डारीले बताए । कुतियाकबर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारले सुरक्षित घर निर्माण भएपछि गाँउमा वाढी पस्दा आफुहरुलाई सहज हुने बताए ।

उनले विगतमा वाढी आउँदा जोखिम मोलेर जगबुढा नदीको उत्तर गाँउमा सुरक्षित स्थानमा बस्दै आएको बताए ।
‘गाँउमै सुरक्षित घर निर्माण भए हामीलाई वाढीका बेला सहज हुन्छ, ‘उनले भने, ‘यो हाम्रा लागि खुसिको कुरा हो ।’

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनीमा सुरक्षित घर निर्माण, जैविक तटबन्ध निर्माण, कल्र्भट निर्माण एव विपन्न समुदायलाई विभिन्न व्यवसायिक कामकाजमा सहभागि गराएको बताए ।

‘हामीले आफ्नो क्षेत्रबाट मानविय सक्दो सहयोग गर्ने हो, ‘उनले भने, ‘बाँकी सरकारले समेत विपद् क्षेत्रमा हेर्नुपर्छ ।’ दोधाराचाँदनी नगरका उपप्रमुख गंगा जोशीले निड्स नेपालले दोधाराचाँदनी क्षेत्रमा विपद् न्यूनिकरणका लागि गरिहेको कामकाजबारे सरानिय भएको बताए ।

उपप्रमुख जोशीले निड्स नेपाल सहितसंग सहकार्य गरेर विपद् जोखिम न्यूनिकरणका योजना लागु गर्न पालिका सरकारले सहकार्य गरेको बताईन । ४२मात्रै घर रहेको कुतियाबर विप्दको उच्च जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित