कञ्चनपुर ,
कञ्चनपुरका सरकारी कार्यालयले एक महिना मात्रै ३ अर्ब २६ करोड बढि रकम खर्च गरेका छन । आर्थिक बर्ष २०७८/०७९ को अन्तिम असार महिनामा जिल्लाका सरकारी कार्यालयले ३ अर्ब, २६ करोड, ७४ लाख, ७७ हजार, ८ सय ६३ रुपैँया खर्च गरेका हुन ।
कोष तथा लेखा नियन्त्रण र प्रदेश लेखा इकाई कार्यालयद्वय कञ्चनपुरको तथ्याङ्क अनुसार चालु तर्फ १ अर्ब ४३ करोड ९१ लाख, २६ हजार ९ सय ४५रुपैँया र पुँजिगत तर्फ १ अर्ब, ८२ करोड, ८७ लाख, ५० हजार ९ सय १८ रुपैया खर्च गरेका हुन ।
पालिका, प्रदेश र संघीय तीनै सरकार मातहत रहेका ९५ सरकारी कार्यालयले असार महिनामा अन्य ११ महिना भन्दा बढि रकम खर्चिएका छन । चालु तर्र्फ १, खर्ब ११ करोड, ९६ लाख, ९६ हजार, ८८ र ६ अर्ब, १८ करोड, २४ लाख, २४ हजार ३१५रुपैया गरी कुल ७ अर्ब, १९करोड, ४३लाख, ९४हजार ३ रुपैया बजेट बजे एकै महिना आधा बजेट सकेका छन ।
गत आर्थिक बर्ष कञ्चनपुरबाट तीनै सरकार(स्थानीय, प्रदेश र संघीय) सरकारका कार्यालयले खर्च गर्नन सकेको बजेट फिर्ता भएको छ ।
चालु तर्फ ५४ करोड २० लाख, ४३ हजार १९४ रुपैँया र पुँजिगत तर्फ १ अर्ब ५६ करोड, १६ लाख, ४७ हजार ४१६ रुपैया गरी कुल २ अर्ब १० करोड ३६ लाख, ९० हजार ६ सय १० रुपैँया फिर्ता भएको भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार चालु तर्फ ८ अर्ब, ८३ करोड, ९६ लाख, ९५ हजार ८ सय ८२ रुपैया मध्ये ८ अर्ब ५४ करोड, ८२ लाख, ५० हजार ५सय २५ रुपैया मध्ये २९ करोड, १४ लाख, ४५ हजार फिर्ता भएको छ ।
पुँजिगत तर्फ ४ अर्ब, ७८ करोड, ६६ लाख, ९ हजार ३ सय १५ रुपैँया मध्ये ३ अर्ब, ६० करोड, २६ लाख, ८५ हजार ९५६रुपैया खर्च भएको छ । भने १ अर्ब १८ करोड, ३९लाख २३ हजार रुपैया खर्च फिर्ता भएको छ ।
प्रदेश लेखा इकाई कार्यालयको तथ्याङ्क अनुसार चालु तर्फ १ अर्ब, २८ करोड, २ हजार कुल बजेट मध्ये १अर्ब, २ करोड, ९४ लाख, ४ हजार १०१ रुपैया मात्रै खर्च भएको छ । चालु तर्फ २५ करोड, ५ लाख, ९७ हजार ८सय ९८ रुपैँया खर्च हुन सकेको छैन ।
पुँजिगत तर्फ १ अर्ब, ३९करोड, ५८ लाख, १५ हजार रुपैया मध्ये १ अर्ब, १ करोड, ८० लाख, ९० हजार ९सय ४३रुपैया मध्ये ३७ करोड, ७७ लाख, २४ हजार ५७ रुपैँया खर्च हुन सकेको छैन । प्रदेश लेखा इकाईले २५ प्रदेश सरकार मातहतका कार्यालय सहित प्रदेशबाट पालिका मार्फत संचालित योजना हेर्दै आएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले पालिका सहित संघीय सरकारका ७० कार्यालय हेर्दै आएका छन ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष अधिकृत विष्णूदत्त जोशीले विवित कारणबाट बजेट खर्च हुन नसकेको बताए ।
प्रमुख कोष अधिकृत जोशीका अनुसार विनियोजित बजेट सम्बन्धीत सरकारी कार्यालयले प्रभावकारी ढङगबाट खर्च गर्न नसक्दा, बिलोमा टेण्डर खरिद गर्दा, अख्तियारी ढिलो आउँदा खर्च हुन नसकेको बताए । ‘जिल्लामा आएको बजेट प्रभावकारी ढङगबाट खर्च गर्न नसक्नु विकास निर्माणमा प्रभाव पर्नु हो, ‘प्रमुख कोष तथा लेखा नियन्त्रक जोशीले भने, ‘विकास बजेट खर्च अनुरुप काम गर्नुपर्छ ।’ उनले आर्थिक बर्षको अन्तिम महिना ह्वात्तै खर्च गर्ने र अख्तियारी दिने प्रचलन हटाउनुपर्नेका जोडदिए ।
प्रदेश लेखा इकाई कञ्चनपुरका प्रमुख कमलराज जोशीले पुँजिगत खर्च हुन नसक्नु विकास निर्माणमा प्रभाव पर्ने बताए । प्रदेश लेखा इकाई कञ्चनपुरका प्रमुख जोशीले प्रदेश सरकार मातहत सहित प्रदेश सरकारबाट पालिका मार्फत संचालित योजनाको रकम केही मिलान गर्न बाँकी रहेको बताए । यसरी बर्षनी कञ्चनपुरबाट अबौँ पुँजिगत बजेट खर्च हुन नसक्दा फिर्ता हुने काम चिन्ता जनक हुने अर्थशास्त्रका प्राध्यापकको भनाई छ । सुदूरपश्चिम विश्वविद्यालय अर्थशास्त्रका प्राध्यापक सुरेश सिह भण्डारीले हरेक बर्ष विकास बजेट खर्च हुन नसक्नु दुखत विषय भएको बताए । प्राध्यापक भण्डारीले विकास बजेट खर्च हुन नसक्दा एक क्षेत्र मात्र नभई हरेक क्षेत्रमा गुणात्मक प्रभाव पारिरहेको बताए । ‘एक बर्षमा सकिने योजना बषौँ लगाएर सम्पन्न हुन्छन, ‘उनले भने, ‘त्यसबाट दिने उत्पादन एव रोजगारी सहितका विकासका अन्य आगाम प्रभावित हुन्छन, त्यसैले विनियोजित विकास बजेट प्रभावकारी खर्च हुनुपर्छ ।’
Discussion about this post