बेलडाँडी,
बेलडाँडी गाउँपालिकाद्धारा छाडा चौपाया व्यवस्थापन संरक्षणका लागि किसान मध्यवर्ती सामुदायिक बन बेलडाँडी ५ झिलमिलालाई निर्वतमान सरकारले जिम्मा दिएको थियो । गाइगोरु संरक्षणमा लाप्रवाही भएको खवरका आधारमा गाउँपालिकाले एका विहानै छड्के अनुगमन गरेको छ ।
किसान मध्यवर्ती सामुदायिक बन मातहत रहेको उक्त गौशालाको अवस्था अति दयतिय रहेको गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार आज बिहान हामीहरु अध्यक्ष ज्यूको नेतृत्वमा गौशाला पुग्यौं गौशालाको अवस्था निकै दयनिय रहेको छ, पटक पटक स्थानीय सरकारले संरक्षण र ब्यवस्थापनका लागि बजेट दिने गरेको र बजेट अनुसर उनीहरुको संरक्षण नभएको देखिएको बताए ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाका अनुसार बेलडाँडी क्षेत्रका छाडाचौपाया व्यवस्थापनका लागि गत सरकारले सामुदायिक बनलाई जिम्मा दिएको रहेछ, हामीले ठिकै होला भनिसोचेका थियौं तर यहाँ यस्तो देखिएन गाईगोरुहरु प्रयाप्त मात्रामा आहार नपाएर मरेका देखिए । खोरको वरीपरी पुरै दुषित वातावरण बनेको र देखियो, यसै व्यवस्थापनका लागि स्थानीय सरकारले लगानी गरेको हुनुपर्छ तर खै के मा खर्चहुदै छ थाहा भएन ।
बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले भने गाईगोरुको अवस्था यहाँ डरलाग्दो देखियो यसको व्यवस्थापनमा समितिले खासै चासो नदेएिको पाइयो । सामुदायकि वनमा प्रयाप्त मात्रमा घास हुदाहुदै भोकले गाईगोरु मर्ने स्थितिका छन केहि त मरेका छन् । यो व्यवस्थापनमा समितिले लाप्रवाही गरेको देखियो । यत्रो ४,५ बर्ष यता देखि संचालन भएको गौशाला किन सुधार हुन सकेन, यहाँका व्यवस्थापन कसरी भएको छ सबै हामीले समितिका अध्यक्षलाई बोलाएर बुझ्छौं वहाँले भन्नु भयो । यसलाई व्यवस्थापनका लागि केन्द्र प्रदेश सरकारलाई समेत अनुरोधन गर्ने जनाए ।
यस्तै बेलडाँडी वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले यस गौशालालाई व्यवसायीक रुपमा अगाडी बढाउन सके गाउँपालिकाकै आय श्रोतका रुपमा स्थापित गर्न सकिने बताए । समिति र वडाको सहकार्यमा यसलाई व्यवस्थापन गर्ने हो भने यसले फाइदा पुर्याउने जनाए । अहिले सम्म खाली लगानी मात्र गर्ने, अन्य फाइदा हुने कुनै कार्य भएन लाप्रवाही मात्र भएको देखियो । यसलाई व्यवस्थापनका लागि सबैसंग हातेमालोगरेर अगाडी बढ्न सकिने धारणा व्यक्तगर्नु भयो ।
सामुदायिक वनका अध्यक्ष तथा गौशाला व्यवस्थापनका प्रमुख देव बहादुर खडकाका अनुसार पहिला बागेश्वरी उपभोक्ता समितिलाई जिम्मा दिएको र समितिले काम नगरेपछि हामीलाई जिम्मा दिएको बताउदै गाउँपालिकाले ४ जना हेरालालाई १२ हजारका दरले तलब मात्र दिएको बताए । गाउँपालिकालाई पटक पटक व्यस्थापनका लागि गुहार माग्दा समेत आज सम्म कुनै चासो नदिएको गुनासो सुनाउदै चार जना हेरालाले मात्र यी ३ सय भन्दा बढी गाइ व्यवस्थापनमा समस्या हुने गरेको छ । २ जना घाँस काट्ने मान्छे राख्यो भने पनि यसलाई व्यवस्थापन गर्न सकिने बताए । समितिलाई कमजोर बनाउन गाउँबाट मरेका गाई ल्याएर हाम्रो नजिकै फालिदिने र हामीलाई आरोप लगाउने कार्य समेत केहि पक्षबाट भएको कुरा सुनाए । आफुहरुले व्यवस्थापनका लागि पुर्ण समय दिएको र जनशक्ती कमिका कारण यस्तो अवस्था आएको बताए ।
गौशालामा हाल २ सय ५०को हाराहारीमा गाई छन् । गतिलो गोठ र खानलाई घास नहुँदा गाईवस्तु व्यवस्थामा समस्या भएको छ । ५ वर्षअघि शुरु भएको गौशालाको अवस्था अहिले पनि उस्तै छ । न गाईबस्तु बस्ने गतिलो गोठ छ न त मान्छे बस्ने घर । वर्षायाममा बडो मुस्किलले झरी रोकिन्छ । कतिपय गाईगोहरु भिजेर मर्ने गरेका छन् ।
Discussion about this post