दोधारा चाँदनीमा न्यायिक समिति प्रभावकारिता बन्दै

पप्पु गुरुङ्ग,दोधारा । पछिल्लो केही समययता दोधारा चाँदनी नगरपालिकामा रहेको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ् । नगरपालिकामा न्यायिक समिति गठन पश्चात् सानातिना मुद्दा मामिलामा, चौकी, अदालत धाउनुपर्ने बाध्यता कम हुदै गएको छ ।

 

दोधारा चाँदनीको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बन्दै गएको हो । न्यायिक समितिमा धेरै जसो जग्गा खिचलो, संघियार, सामान्य झै झगडा जस्ता बिबाद सम्बन्धमा आउने गरेको छ् । न्यायिक समितिमा आएका उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको छ ।

न्यायिक समितिले भरसक समाज र समुदायमा घटेका आन्तरिक विवादहरुलाई सम्बन्धित पक्षहरु बीच मिलाउने गर्दै आएको दोधारा चाँदनी नगरपालिकामा उपमेयर गंगा देबी जोशीले बताएका छन् । न्यायिक समितिले मुद्दाको फैसला गर्ने, सजाय तथा जरिवाना तोक्ने कार्य नगर्ने उनले जानकारी दिए । गएको आर्थिक वर्षमा ६७ वटा उजुरी न्यायिक समितिमा आएको दोधारा चाँदनी नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी संयोजक गंगा देबी जोशीले बताउनु भयो ।

जसमध्ये २२ वटा मुद्दा दुबै पक्षको सहमती गराई मिलेको, ४३ वटा मुद्दा प्रकृयामा रहेको र २ वटा मुद्दा तामेलीमा रहेको जनाइन् । न्यायिक समितिमा विश्वासिला र विभेदन नगर्ने मान्छे हुदा सबैलाई सजिलो भएको त्यहाँ पुग्ने पीडितले खुशी व्यक्त गरे । न्यायिक समितिमा जग्गा विवाद, घर निर्माणमा विवाद, लेनदेन, बालीनाली नोक्सानी, गाली गलौज लगाएतका मुद्दा आउने गरेको उपप्रमुख तथा न्यायिक समितिकी संयोजक गंगा देबी जोशीले बताए ।

समितिको क्षेत्राधिकार भन्दा बाहिरका घटनालाई भने आफूहरुले नहेरी सिधै जिल्ला अदालतमा पठाउने गरेको उनले बताईन् । ‘ईजालास बस्दा उहाँहरुलाई मिलमिलाप गराएर विवादको समाधान गर्ने गरेका छौं ।

हामीले स्थानीय तहमै गरेका कामबाट अदालत जानुपर्ने अवस्था कम भएको छ ।’ न्यायिक समितिको प्रमुखको हैसियतले आफूले निष्पक्षरुपमा काम गरेर नगरवासीका विवादहरुलाई सकेसम्म मेलमिलापको माध्यमबाटनै समाधान गरेको उनले बताइन् ।

‘स्थानिय तहमा न्यायीक समितिको ब्यवस्था भए संगै पहुँच बाहिरका नागरिक पनि न्यायका लागी ढोका ढकढकाउन थालेका छन् । यसले पनि बिपन्न र पहुँच बाहिरका नागरिकलाई आफु अन्यायमा परेको कुरा भन्न सजिलो भएको छ्’ दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक जोशीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित