बेलडाँडीका ६३ वर्षिय वृद्धको स्क्रब टाइफसका कारण मृत्यु

बेलडाँडी, २४ असोज । बेलडाँडीका एक ६३ वर्षिय वृद्धको स्क्रब टाइफसका कारण मृत्यु भएको छ ।

बेलडाँडी गाउँपालिका-४ निवासी टोप बहादुर रोकायाको हिजो भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको परिवार श्रोताले जानकारी गराएको छ ।

केही समय देखि स्क्रब टाइफसका कारण कोहलपुर मेडिकल कलेजमा उपचारार्थ रोकायालाई बढी भए पछि भारतको लखनउ रिफर गरिएको नैन बहादुर रोकायाले जानकारी गराउनु भयो । वहाँका अनुसार पछिल्लो समयमा स्क्रब टाइफसका बिरामी बढ्न लागेको जनाउनु भयो ।

उनले केही दिन पहिला स्क्रब टाइफसको बारेमा जनचेतनामूलक सन्देश फेसबुक मार्फत प्रवाह गरेका थिए ।

के हो स्क्रब टाइफस, यो रोग कसरी सर्छ ?
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ। यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।

स्कब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ। यो रोग मानिसबाट मानिसमा सर्दैन।
लक्षणहरु
धेरै ज्वरो आउनु (काम ज्वरो समेत आउन सक्छ)
धेरै टाउको दुख्नु
पसिना धेरै आउनु
आँखा रातो हुनु
झाडापखाला लाग्नु
किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु ।

स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन्र ?
खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँ सम्म बुट लगाउने।
घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
सम्भव भएसम्म भुइँमा नबस्ने। खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने
सकेसम्म घाँसवारी र चउरमा नबस्ने
चउरमा, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने
मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने।
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित