कैलालीमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

कैलाली:

कैलालीमा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साईकलयात्री सोही नगरपालिकाका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलवार बिहान मृत्यु भएको हो।

 

 

ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *