सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चैत २१ गते स्ववियु निर्वाचन हुने
कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ। यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र दर्ता भएका संघ संगठनका प्रतिनिधिबिच चैत २१ मा निर्वाचन गर्ने सहमति भएको हो । अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटि उपाध्यक्ष रविन नाथले सोमबार विद्यार्थी संघ संगठन र क्याम्पस प्रशासनविच कार्य तालिका संशोधन एव चुनावको मिति तय गर्ने सहमती भएको बताए । ...
