काठमाडौँ : प्रतिकूल मौसमका कारण यती एयरलाइन्सले आजका सबै उडानहरू रद्द गरेको जनाएको छ। कम्पनीले शनिबार जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले निर्धारित कुनै पनि उडान सञ्चालन गर्न नसकिएको उल्लेख गरिएको छ।
लगातारको वर्षा र न्यून दृश्यताका कारण आन्तरिक हवाई उडानहरू प्रभावित बनेका हुन्। मौसमका कारण विभिन्न विमानस्थलमा अवतरण र उडान गर्न कठिनाई भएपछि सुरक्षा दृष्टिले सबै उडान स्थगित गरिएको यती एयरलाइन्सले जनाएको छ।
यती एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै मौसम सुधार भएपछि उडान पुनः सञ्चालन गरिने जानकारी दिएको छ।
हवाई यात्रामा निर्भर यात्रुहरूले यति एयरलाइन्ससँग सम्पर्क गरी आगामी उडानसम्बन्धी जानकारी लिन आग्रह गरिएको छ।



















Discussion about this post