हिजो भाइटिका मनाउन हिँडेका दुई परिवार दुर्घटनामा, बालकसहित सात जना घाइते, दुईको अवस्था गम्भीर

बेलडाँडी । भाइटीकाको दिन आफन्तसँग टीका लगाउन र पर्वको खुसी साटासाट गर्न हिँडेका दुई परिवार सडक दुर्घटनामा परेका छन्। कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट करिब एक किलोमिटर उत्तर शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिमदत्त नगरपालिका ००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका-२ का ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन्। त्यस्तै, अटो चालक बेलडाँडी गाउँपालिका-१ सिद्धचोकका ४५ वर्षीय ललित सिंह ठकुराठी, उनका १८ वर्षीय छोरा हिक्मत ठकुराठी, ३६ वर्षीया सुशिला ठकुराठी, उनकी १५ वर्षीया छोरी आशिका ठकुराठी र २५ वर्षीया शोभा डाँगा घाइते भएका छन्।

प्रहरीका अनुसार स्कुटर चालक दिनेश खातीको अवस्था सामान्य रहे पनि उनका छोरा अर्थकको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल रिफर गरिएको छ। अटो चालक ललित सिंह ठकुराठीको अवस्था पनि गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ।

त्यस्तै, हिक्मत ठकुराठी र आशिका ठकुराठीको अवस्था मध्यम रहेको छ। उनीहरूलाई पनि थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। अटोमा सवार सुशिला ठकुराठीको अवस्था सामान्य र शोभा डाँगाको अवस्था मध्यम रहेको छ।

दुर्घटनामा घाइते सबैलाई सुरुमा उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न अटो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय बेलडाँडीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्दछ।

भाइटीकाको दिन परिवारसँग पर्व मनाउने खुसी बोकेर यात्रामा निस्किएका उनीहरू दुर्घटनामा परेपछि स्थानीय क्षेत्रमा दुःख र चिन्ता छाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित