उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरमा उपाध्यक्ष त्रिपुरेश्वरी कोषाध्यक्ष सुरेन्द्र सहित सदस्य निर्बिरोध

आदित्य जोशी/कञ्चनपुर । उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुँदैछ । उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको छैटौँ नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुदैछ ।

नयाँ कार्य समितिको नेतृत्व, पदाधिकारी सदस्यका लागि १४कानुन व्यवसायीहरुले उम्मेदवारी दर्ता गराएका थिए । प्रमुख निर्वाचन अधिकृत गजेन्द्र बहादुर रावलले उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदमा निर्बिरोध निर्वाचित भएको बताए ।

निर्वाचन अधिकृत रावलका अनुसार उपाध्यक्षमा अधिवक्ता त्रिपुरेश्वरी विष्ट(भट्ट), कोषाध्यक्षमा सुरेन्द्र प्रसाद उप्रेती निर्बिरोध निर्वाचित भएका छन । उपाध्यक्षमा उम्मेदवार दिएका बीर बहादुर विष्टले उम्मेदवारी फिर्ता लिएपनि त्रिपुरेश्वरी निर्बिरोध निर्वाचित भएकी हुन ।

सदस्यहरुमा सरिता गैरे, हरि प्रशाद जोशी, सुर्दशन कुँवर, धन बहादुर राना, धनराज शर्मा चयन भएका छन ।
अध्यक्षका लागि भुपेन्द्र बहादुर विष्ट, धनसिह महरा, आनन्द प्रशाद जोशी, भोजराज पाठक, सचिवमा मदन बहाुदर कुँवर र रोशनलाल चौधरीविच प्रंतिस्पर्धा हुनेछ ।

५४मतदाता रहेको उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरमा अब अध्यक्ष र सचिवका लागि मात्रै चुनाव हुनेछ । अध्यक्ष र सचिवका उम्मेदवार मतदाता भेट्न दौडधुपमा जुटेका छन । यस अघि जिल्ला बारको नयाँ कार्य समिति सहमतीय आधारमा चयन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित