बेलडाँडी । बेलडाँडी भूवा समाज एकताको आयोजनामा यही जेठ २३ गते शनिबार बिहान ९ बजे खप्रेश्वर मन्दिरको प्राङ्गणमा बैठक बस्ने भएको छ।
समाजका अध्यक्ष नन्दराम उपाध्याय, सचिव ईश्वरराज शर्मा र कोषाध्यक्ष शान्ती देवी खातीद्वारा जारी सूचनाअनुसार बैठकमा समाजको वर्तमान अवस्था, आगामी योजना तथा विविध विषयमा छलफल गरिनेछ।
बैठकमा बेलडाँडीका बुद्धिजीवी, समाजसेवी, शिक्षक वर्ग, पाँचवटै वडाका जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूलाई अनिवार्य रूपमा उपस्थित भई सहभागिता जनाउन अनुरोध गरिएको छ। साथै एकले अर्कालाई जानकारी गराई बैठक सफल बनाउन समेत आग्रह गरिएको छ।






















Discussion about this post