अब महाकाली सय सैयाको अस्पताल

बासुदेव भट्ट/कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती भएको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई एकसय सैयाको अस्पताल बनाउने घोषणा गरेको छ । महाकाली, सेती, प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८३/०८४को नीति तथा कार्यक्रममा समेट्दै सयसैयाको बनाउने घोषणा गरेसगै कञ्चनपुरमा खुसियाली छाएको छ ।

४० बर्षपछि दोब्बर सैयामा परिणत हुने भएपछि जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा सुविधामा सहज हुने दावि गरिएको छ । ०२०सालतिर प्राथमिक स्वास्थ्य चौकीका रुपमा रहेको महाकाली अस्पताल ०३१मा २५सैयाको अनुमती भएपनि जनशक्ति अभावले १५मै झारिएको थियो, ०४३मा ५० र ०८३मा एकसय सैयाको हुन लागेको छ ।

त्यस अघि ०६१देखि हालसम्मै महाकाली अस्पताल व्यवस्थापन समितिबाट ५०सैया थप गरेर संचालन गरिदै आएको थियो । ०७८सालमा सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई स्तरोन्नती गर्दै प्रादेशिक बनाएको थियो ।

सोही खुसियालीमा महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले सोमबारै प्रदेश सरकारलाई धन्यवाद दिदै दिप प्रज्वलन गरेको छ । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले समितिले क्षेत्र जिल्ला, प्रदेशकै सासद,मन्त्रीलाई घचघच्याएर नीति तथा कार्यक्रममा पार्न सफल भएको बताए । सुदूरपश्चिका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले महाकाली, सेती सहित टीकापुर अस्पतालको स्तर बृद्धिसंगै नागरिकले सेवा पाउने बताए ।

महाकाली प्रादेशिक अस्पतालका तत्तकालिन निमित्त मेसु एव प्रवक्ता डा. अर्जुन कुमार भट्टले प्रदेश सरकारले स्तर बृद्धि गरेसंगै कार्यान्वयन तर्फ लग्नुपर्ने सुझाव दिएका छन । पछिल्ला बर्षहरुमा महाकाली अस्पतालले सेवा बृद्धि गरेसंगै बिरामीको दैनिक चाप बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित