सुनको मूल्यमा निरन्तर वृद्धि, मंगलबार तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाडौं :स्थानीय बजारमा सुनको मूल्य लगातार बढ्दै गएको छ। मंगलबार पनि सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार सुन प्रतितोला चार हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको हो।

यसअघि सोमबार पनि सुनको मूल्य दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रति औंस ४ हजार १३६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। मंगलबार चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रुपैयाँले बढेर तीन हजार एक सय सत्तरी रुपैयाँमा पुगेको छ। सोमबार चाँदी प्रतितोला तीन हजार पैंसठ्ठी रुपैयाँमा कारोबार भएको थियो।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो आर्थिक अनिश्चितता र अमेरिकी डलरको मूल्यमा आएको उतारचढावले सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित