महेन्द्रनगर । महाकाली साहित्य संगमको १४औँ केन्द्रीय महाधिवेशन २०८२ साल माघ ०५ गते महेन्द्रनगर कञ्चनपुरमा सम्पन्न भएको छ ।
महाधिवेशनले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको अध्यक्षतामा नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नव निर्वाचित कार्य समितिबारे जानकारी दिंदै समितिका सचिव अमित प्रसाद भट्टले साहित्यिक अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ अनुभवी र प्रतिबद्ध नेतृत्व चयन गरिएको बताउनुभयो ।
उहाँका अनुसार अध्यक्षमा राजेन्द्र सिंह रावल चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा भवानी चन्द, महासचिवमा खगेन्द्र नाथ (वियोगी), कोषाध्यक्षमा धनञ्जय जोशी चयन भएका छन् ।
त्यस्तै सचिवमा अमित प्रसाद भट्ट र महिन खड्का (महेन्द्र) चयन भएका छन् ।
सदस्यहरूमा हरिश प्रसाद जोशी, लक्ष्मी प्रसाद भट्ट, हरि प्रसाद खतिवडा, मान प्रसाद भट्ट, चन्द्र गिरी, निर्मला पन्त, वीर बहादुर चन्द (गोरख), मनोरमा भट्ट तथा शैलेन्द्र बहादुर सिंह चयन भएका छन् ।
नव निर्वाचित कार्य समितिले महाकाली साहित्य संगमको गरिमा, उद्देश्य र साहित्यिक हितलाई केन्द्रमा राख्दै दृढता पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सुदूरपश्चिमको साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।























Discussion about this post