कञ्चनपुरमा ६२ क्यूफिट सालको काठसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा अवैध रूपमा सालको काठ ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ कृष्णपुर नगरपालिका-२, वाणीबाट ६ गोलिया सालको काठसहित स्थानीय उमेशप्रसाद कलौनी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले से १ त २३६७ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा काठसहित कलौनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको ६ गोलिया सालको काठको परिमाण ६२.३८ क्यूफिट रहेको छ। काठ ओसारपसारमा प्रयोग गरिएको ट्याक्टरका चालक नरेश जोशी भने फरार रहेका छन्।

स्थानीयका अनुसार उक्त काठ कलौनीको खेतमा ढलेको रुख काटेर तयार गरिएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित